Notice on requesting Passport and other necessary documents via Royal Mail

 

Royal Mail मार्फत पार्सल अर्डर गर्न सकिने वैकल्पिक व्यवस्था सम्बन्धी जरुरी सूचना

यस राजदूतावासमा हुलाकमार्फत राहदानी, भिसा लगायतका सेवाका लागि आवेदन दिने संयुक्त अधिराज्य (बेलायत), आयरल्याण्ड र माल्टामा बसोबास गर्ने नेपाली नागरिकहरु तथा अन्य सेवाग्राहीहरुको तयार राहदानी तथा अन्य कागजातहरु प्रेषित गर्दा कुरियर कम्पनीहरुमार्फत कागजात पठाउँदा खर्चिलो एवं झन्झटिलो भएको भन्ने गुनासो प्राप्त भएको सन्दर्भमा बेलायतस्थित Royal Mail को अनलाइन सेवाबाट सस्तो एवं सर्वसुलभ माध्यमबाट आ-आफ्नो घर ठेगानामा आफ्नो राहदानी लगायतका कागजातहरु मगाउन सकिने र यसरी कागजात मगाउँदा देहायबमोजिमको लिंकमा गएर आफ्नो पुरा ठेगाना लगायतका सम्पूर्ण विवरण भरी अनुरोध गर्न सकिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।

https://send.royalmail.com/

Royal Mail मार्फत राहदानी तथा अन्य कागजात पठाउन अनुरोध गर्ने प्रक्रिया तथा ध्यान दिनुपर्ने अन्य आवश्यक जानकारीहरु:

  • माथि दिइएको लिंकमा गएर ‘Send an item now’ क्लिक गर्ने ।
  • पार्सल पठाउनु पर्ने देश छान्ने ।
  • पार्सलको Size र Weight छान्ने । बढीमा दुई वटा राहदानी (एउटा नयाँ र एउटा पुरानो) सम्मको लागि Size मा ‘Letter upto100g’ र Weight मा ‘upto100g’ छान्ने ।
  • राहदानी तथा अन्य महत्वपूर्ण कागजातहरु सुरक्षित रुपमा पठाउनु पर्ने भएको हुँदा ‘International Tracked & Signed’ मा क्लिक गर्ने ।
  • आफ्नो इमेल ठेगाना उपलव्ध गराउने । त्यसपश्चात UK को मोबाइल नं. माग्ने भएको हुँदा UK को मोबाइल उपलव्ध गराउने र नभएमा खाली छाडिदिने ।
  • त्यसपश्चात पार्सल प्राप्त गर्ने प्रापक (recipient) को नाम तथा पुरा ठेगाना राख्ने ।
  • ‘Does your package contain only letters/documents and have no commercial value’ भन्ने option मा ‘Yes’ छान्ने,

-‘Are you sending an item that was sold via a marketplace?’ भन्ने option मा ‘No’ छान्ने ।

– ‘Customs declaration category’ भन्ने ठाउँमा Documents छान्ने

– ‘Items description’ भन्ने ठाउँमा Passport अथवा आफूले माग गरेको document type उल्लेख गर्ने

-‘Country of Origin’ मा United Kingdom छान्ने

-‘Items value’ मा ‘०’ (Zero) राख्ने

  • Sender को Postcode मा ‘W8 4QU’ राखी Embassy को देखाएको पुरा Address छान्ने ।
  • Sender name मा ‘Embassy of Nepal, London’ लेख्ने ।
  • ‘How would you like to send your item’ मा ‘Collect it from me’ भन्ने Option छानी ‘Arrange Collection’ क्लिक गर्ने ।
  • त्यसपश्चात यस राजदूतावासबाट तयार भएको Parcel pick up गर्ने उपयुक्त मिति र समय छान्ने ।
  • त्यसश्चात ‘Bring My Label’ भन्ने Option मा Tick गर्ने ।
  • त्यसपछि ‘Add to basket’ मा क्लिक गरेर payment गरी Checkout गर्ने
  • आफुलाई प्राप्त ईमेललाई यस राजदूतावासको ईमेल consular@nepembassy.org.uk मा प्रेषित गर्ने । यस राजदूतावासमा यथासमयमा जानकारी नगराएमा Parcel तयार नहुने हुँदा Parcel pick up सम्बन्धी जानकारी pick up गर्ने दिनको कम्तिमा १ दिन अगावै राजदूतावासको इमेलमा पठाउनु पर्नेछ ।
  • यदि यस राजदूतावासबाट नै label Print out गर्नुपर्ने भएमा labels को एकप्रति यस राजदूतावासको माथि उल्लिखित ईमेलमा पठाउनु पर्नेछ ।
  • यस सम्बन्धमा थप जानकारी चाहिएमा यस राजदूतावासको ईमेल consular@nepembassy.org.uk वा फोन नं. +44-207229 1594 मा सम्पर्क गर्न सकिनेछ ।
  • यदि आफुलाई तुरुन्त राहदानी वा अन्य कागजात चाहिएको खण्डमा DHL वा कुनै अन्य कुरियर कम्पनीलाई Pick up गर्न अनुरोध गर्नु पर्नेछ ।

 

नेपाली राजदूतावास,

लण्डन

२०७९।०२।०३ (१७ मे २०२२)