Press release regarding the Republic Day of Nepal and Nepal Development Conference on 29th May 2018 at the Embassy of Nepal, London

प्रेसविज्ञप्ति

 

गणतन्त्र दिवस-२०७५ का शुभ उपलक्ष्यमा आज (२०७५ जेठ १५) गते नेपाली राजदूतावासले एक विशेष समारोहको आयोजनासहित नेपालमा लगानी, व्यापार र पर्यटन प्रवृर्द्धन एवं द्विपक्षीय सहयोगको अभिवृद्धिमा केन्द्रित गरी नेपाल विकास सम्मेलन (Nepal Development conference) को सफलतापूर्वक आयोजना गरेको छ ।

संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम डा.दुर्गा वहादुर सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथि संयुक्त अधिराज्य सरकारका पूर्वमन्त्री सम्माननीय श्री Tony Baldry र विशिष्ट अतिथि पूर्व लण्डन लर्ड मेयर सम्माननीय श्री Andrew Parmley एवं अतिथिहरुमा वेलायतका हाउस अफ लर्डसका सांसद Lord Swinfen , नेपालका लागि पूर्व बेलायती राजदूत श्री Andrew Sparks र  ब्रिटेन – नेपाल सोसाइटीका अध्यक्ष श्री Roger Potter  र संयुक्त अधिराज्यका सरकारका परराष्ट्र एवं कमनवेल्थ मामिला मन्त्रालयका उप निर्देशक श्रीमती Leisley Craig रहनु भएको थियो ।

समारोहमा प्रमुख अतिथि सम्माननीय श्री Baldry ले संयुक्त अधिराज्य र नेपालवीच दुर्इ सय वर्ष भन्दा लामो घनिष्ठ मित्रता रहेको उल्लेख गर्नुहुँदै यो ‌ऐतिहासिक सम्वन्धलार्इ व्यापार र लगानी को अभिवृद्दिसहित ठोस र सार्थक सहयोगद्वारा अझ प्रगाढ गर्न अपरिहार्य रहेको वताउनु भयो । नेपालमा सन् २०१५ मा जारी भएको लोकतान्त्रिक संविधानमा अन्तर्रभूत संघीय संरचना अन्तर्गतका तीनै तहका निर्वाचन शान्तिपूर्वक र सफलतापूर्वक सम्पन्न भर्इ राजनैतिक स्थायित्वसहितको सरकार निर्माण भइसकेको र उक्त सरकारले आर्थिक विकासको लक्ष्य निर्धारण गरेको यो वर्तमान परिप्रेक्ष्यमा नेपाल र नेपालीलार्इ सहयोग गर्न उपयुक्त समय रहेको बताउनु भयो । बेलायत र नेपाली वीचको द्विपक्षीय सम्वन्धलार्इ सुदृढ गर्नुका साथै सो सम्वन्धलार्इ जनस्तरमा अभिवृद्दि गर्न नेपाली राजदूत डा. सुवेदीको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुहुँदै सम्माननीय श्री Baldry ले राजदूतावासमा नेपाल विकास सम्मेलनको आयोजना र व्रिटेन-नेपाल एन.जि.ओ नेर्टवर्कको उद्घघाटन उल्लेखनीय आरम्भ रहेको विचार व्यक्त गर्नु भयो ।

 

समारोहलार्इ विशिष्ट अतिथिका रुपमा सम्वोधन गर्नुहुँदै लण्डनका पूर्व लर्ड मेयर सम्माननीय श्री Parmley ले लण्डनको लर्ड मेयरका रुपमा गत वर्ष आफूले नेपालको ‌औपचारिक भ्रमण गरेको र भूकम्पपछिको पुननिर्माणका कार्यहरुको अवलोकन गर्ने अवसर पाएको उल्लेख गर्नुभयो । नेपाल प्रकृति र संस्कृतिको समृद्ध राष्ट्र रहेको उल्लेख गर्नुहुँदै नेपाली जनता पनि शिष्ट र आत्मीय हुनुका साथै बेलायती जनताप्रति आदर र स्नेहको भावना राख्दछन्  भन्नु भयो । राजनैतिक संक्रमण पार गर्दै नेपाल आर्थिक र सामाजिक विकासको बाटोमा अग्रसर रहेको छ  भन्नुहुँदै पूर्व लर्ड मेयर सम्माननीय श्री Parmley ले ऐतिहासिक सम्वन्ध भएको मुलुकको अग्रमनमा बेलायतले सहयोग र सदाशय राखेको छ र आगामी वर्षहरुमा सहयोगका क्षेत्रहरु र आयामहरु अभिवृद्दि हुनेछन् भन्ने विश्वास व्यक्त गर्नु भयो ।

अतिथिका रुपमा संयुक्त अधिराज्यका सरकारका परराष्ट्र एवं कमनवेल्थ मामिला मन्त्रालयका उप निर्देशक श्रीमती Leisley Craig ले संयुक्त अधिराज्य सरकारले नेपालसँगको सम्वन्धलार्इ प्राथमिकतामा राखेको र नेपालको लोकतान्त्रिक संविधानवमोजिम निर्वाचन सम्पन्न भर्इ निर्माण भएको जननिवार्चित सरकारको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न संयुक्त अधिराज्य सरकार सहयोगको निरन्तरता र अभिवृद्दिका लागि  प्रतिवद्ध  रहेको छ भन्ने विचार व्यक्त गर्नु भयो ।

 

समारोहलार्इ अतिथिका रुपमा नेपालका लागि पूर्व बेलायती राजदूत श्री Andrew Sparkes र व्रिटेन -नेपाल सोसाइटीका  अध्यक्ष श्री Roger Potter ले सम्वोधन गर्नु हुँदै बेलायती जनताको नेपाल र नेपालीप्रति आदर र  स्नेहको भावना रहेको वताउनुहुँदै अब यो मैत्रीपूर्ण भावनालार्इ नेपाल र नेपालीको आर्थिक र सामाजिक विकासका निम्ति पनि उपयोग गर्नु आवश्यक रहेको बताउनु भयो । विशेष समारोहमा प्रमुख अतिथि सम्माननीय श्री Baldry र महामहिम डा सुवेदीले नेपाल र नेपालीहरुको आर्थिक, सामाजिक,सांस्कृतिक शैक्षिक र प्राविधिक विकासमा संलग्न तीन सय पचास गैर-सरकारी संस्थाहरुको छाता संगठन, व्रिटेन- नेपाल एन. जि.ओ. नेटवर्क(BRANNG0) को  उद्धघाटन गर्नुभएको  थियो ।

 

सोही समारोहमा व्रिटिस लेखक Sian  र Bob Gibbons द्वारा लिखित A Trek to Dhaulagiri नामक पर्यटनकृति को समेत प्रमुख अतिथि, महामहिम राजदूत र विशिष्ट अतिथिहरुले संयुक्त रुपमा लोकार्पण  गर्नु भएको थियो । उक्त समारोहमा नेपालका प्रसिद्ध कलाकार श्रीमती सम्झना राजभण्डारीद्धारा सिर्जित ५४ वटा नेपालको प्रकृति, संस्कृति र सम्पदा झल्किने कृतिहरु सम्मिलित नेपाली कला प्रदर्शनीको सम्माननीय प्रमुख अतिथि र महामहिम राजदूतले उद्धघाटन गर्नु भएको थियो ।

 

कार्यक्रमको दोस्रो खण्डमा आयोजित नेपाल विकास सम्मेलनमा नेपालको विकासमा बेलायतका सरकारी र गैरसरकारी सहयोगका क्षेत्र र सम्भावनाहरुक विषयक सातवटा कार्यपत्रहरु पेश भएको थिए । महामहिम राजदूत डा. सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनमा रोयल बोटानिकल गार्डेन, एडिनवर्गका प्रमुख श्री Simon Milne, नवगठित BRANNGO का अध्यक्ष श्री David Thomas, व्रिटेन- नेपाल सोसाइटीका युवा विभाग प्रमुख सुश्री Alison Morrison, लण्डन विश्वविद्यालयका प्राध्यापक डा. माइकल हट, लिभरपुल विश्वविद्यालयका डा. सारा वार्कर र श्रीमती सिर्जना सिंह योञ्जन, गोर्खा वेल्यफर ट्रस्टका निर्देशक श्री AL Howard, प्रसिद्ध न्यूरोसर्जन डा William Harkness र DFID का उप निर्देशक श्री Dan Casperz ले कार्यपत्रहरु पेश गर्नु भएको थियो ।

 

कार्यक्रममा संयुक्त अधिराज्यका महारानीबाट Queen’s Counsel Honoris Causa उपाधिद्वारा विभूषित नेपाली डायस्पोराका अग्रगण्य व्यक्तित्व तथा विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय कानूनविद प्राध्यापक डा. सूर्य प्रसाद सुवेदीलार्इ राजदूतावासका तर्फबाट सम्मान गरिएको थियो । समारोहलार्इ सम्वोधन गर्नुहुँदै प्राध्यापक डा. सुवेदीले आफूलार्इ प्राप्त सो सम्मान वेलायतवासी सवै नेपालीहरुको सम्मान ठानेको वताउनु भयो  । नेपाल अव संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गरेको छ भन्नुहुँदै प्रा डा. सुवेदीले संसदमा दुर्इ- तिहार्इ भन्दा वढीको स्पष्ट वहुमत प्राप्त गरेको जननिर्वाचित सरकारले राजनैतिक स्थायित्व र सुशासनसहित आर्थिक विकासलार्इ आफ्नो प्राथमिकता निर्धारण गर्नु नेपाली जनताको उज्ज्वल भविष्यको संकेत हो भन्नु भयो ।

 

समारोहमा राजदूत महामहिम डा. सुवेदीले गणतन्त्र दिवसका शुभ उपलक्ष्यमा संयुक्त अधिराज्य, माल्टा, र आयरल्याण्डवासी नेपालीहरुको तर्फबाट मुलुकमा लोकतन्त्र, गणतन्त्र र मानवअधिकार हासिल गर्न जीवन उत्सर्ग गर्नुहुने प्रात: शहीदहरुमा श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै लोकतान्त्रिक गणतन्त्रको आलोकमा नेपाल राजनैतिक स्थायित्व, सामजिक रुपान्तरण र आर्थिक समृद्धि सहित ”  समृद्ध नेपाल र खुसी नेपाली ”  को लक्ष्य हासिल गर्न अग्रसर रहेको वताउनु भयो । राजदूत डा. सुवेदीले राष्ट्रियता, सामाजिक न्याय, राजनैतिक स्थिरता, लोकतान्त्रिक मूल्य मान्यता र मौलिक हक अधिकारहरुको सुनिश्चितासहित जननिर्वाचित सरकारले मुलुकको विकासको लक्ष्य अघि सारेको यस घडीमा विदेशमा रहनु हुने नेपालीहरुको पनि सार्थक योगदानको खाँचो रहेको ‌औंल्याउनु  भयो ।

मुलुकको विकासका लागि बेलायती सरकार, नागरिक र गैरसरकारी संघसंस्थाहरुसहित नेपालीहरुको संलग्नता र सक्रियताका निम्ति आह्ववान गर्दै नेपाल विकास सम्मेलनको आयोजना गरिएको हो भन्ने वताउनुहुँदै राजदूत डा. सुवेदीले यस्ता सार्थक र रचनात्मक कार्यक्रमहरु भविष्यमा पनि निरन्तरता हुने स्पष्ट पार्नु भयो ।

 

राजदूतावासका उप- नियोग प्रमुख श्री शरदराज आरणले सञ्चालन गर्नु भएको सो समारोहमा गायकहरु श्री सपनकुमार रार्इ, श्री वी. वी अनुरागी र श्रीमती सितु खरेलले राष्ट्रिय गीत प्रस्तुत गर्नु भएको थियो । स्थानीय नेपाली कलाकारहरुले नेपाली सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए । बेलायती र नेपाली संघसंस्था र समाजका प्रतिनिधिहरु गरी तीन सय भन्दा वढीको सहभागिता रहेको कार्यक्रममा नेपाली दिवाभोजको समेत व्यवस्था गरिएको थियो ।

 

मिति: २०७५ जेठ १५