Power of Attorney (अधिकृत वारेशनामा)


अधिकृत वारेशनामाको लागि यस राजदूतावासमा सम्पर्क राख्नु हुने नेपालीहरुले देहायको विषयमा ध्यान दिनु पर्नेछ ।
१. सहिछापको लागि महामहिम राजदूतज्यू समक्ष अधिकृत वारेसनामा दिने व्यक्ति स्वयं उपस्थित हुनुपर्ने ।
२. मुलकी देवानी कार्यबिधि (संहिता)  ऐन, २०७४ मा उल्लेख भएबमोजिको अधिकृत वारेसनामा नेपाली कागजमा प्रिन्ट भएको अधिबक्ता द्वारा तयार गरिएको हुनुपर्नेछ ।
३. तयार भएको अधिकृत वारेसनामा २ प्रति सक्कल नै पेश गर्नुपर्नेछ । साथै अधिकृत वारेशनामा राजदूतावासलाई सम्बोधन गरिएको निवेदन हुनुपर्नेछ ।
४. अधिकृत वारेसनामा दिनेको सक्कल नागरिकता प्रमाणपत्र  र अधिकृत वारेसनामा लिनेको नागरिकता प्रमाणपत्र नोटरी पव्लिकबाट प्रमाणित भएको हुनुपर्नेछ ।
५. अधिकृत वारेसनामा दिनेको नेपाली राहदानी र भिसा कपी सक्कल र फोटोकपी संलग्न गर्नुपर्ने छ । 
६. चालु आर्थिक वर्षको मालपोत तिरेको रसिदको सक्कल वा नोटरी पव्लिकबाट प्रमाणित प्रति संलग्न हुनुपर्नेछ ।
७. घर/जग्गाधनी प्रमाणपत्रको सक्कल वा नोटरी पव्लिकबाट प्रमाणित प्रति संलग्न गर्नुपर्नेछ । सवारीसाधन सम्बन्धि भए सवारी धनि पूर्जा सक्कल वा नोटरी पब्लिकद्वारा प्रमाणित फोटोकपी संलग्न गर्नु पर्नेछ र SHARE सम्बन्धि भएमा शेयर धनि प्रमाण पत्रको सक्कल वा नोटरी पब्लिकद्वारा प्रमाणित फोटोकपी संलग्न गर्नु पर्नेछ । मुद्दा-मामिला परिसकेको भए  तारेख पत्रको कपि र मुद्दा-मामिला दायर गर्नु पर्ने भए सो को स्पष्ट बिबरण लिखितम मा खुलाएको हुनेपर्ने ।

८. अधिकृत वारेसनमा दिने र लिने दुवैको हालै खिचिएको २/२प्रति फोटो ।
९. किनारा साक्षीमा सदर भनी उल्लेख भएमा दुवै जनाको नाम, ठेगाना तथा सही, यदि रोहवरका साक्षीका सदर भनी उल्लेखमा साक्षीहरु दूतावासमा उपस्थित हुनुपर्ने ।
१०. अधिकृत वारेसनामा लिने र दिनेको तीन पुस्ते विवरण उल्लेख भएको हुनुपर्छ ।
११. अधिकृत वारेसनामा प्रमाणित गरे वापत राजश्व व्रिटिस पौण्ड १५५ लाग्नेछ । 

* हराएमा, चोरी भएमा, च्यातिएको वा कुनैपनि तबरले नस्ट भएमा पुन: उही राजश्व सहित माथि उल्लेख गरिएबमोजिमको कागजातहरु पेस गरि प्रक्रिया अगाडी बढाउनुपर्ने छ । 

* सामान्यतया कागजात सोही दिन प्रमाणित गरिनेछ । कुनै कारणवश कागजात प्रमाणित हुन नसकेमा आवेदकले हुलाक कार्यालय बाट SELF ADDRESSED RETURN ENVELOPE ल्याएर बुझाउन वा दोस्रो दिन लिन आउँन सकिनेछ ।

सम्बन्ध विच्छेद ( Divorce) को अधिकृत वारेशनामा वनाउँदा आवश्यक पर्ने कागजपत्रहरु:

१. सहिछापको लागि महामहिम राजदूतज्यू समक्ष अधिकृत वारेसनामा दिने व्यक्ति स्वयं उपस्थित हुनुपर्ने ।
२. मुलकी देवानी कार्यबिधि (संहिता)  ऐन, २०७४ मा उल्लेख भएबमोजिको अधिकृत वारेसनामा नेपाली कागजमा प्रिन्टमा भएको तथा अधिबक्ताद्वारा तयार गरिएको हुनुपर्नेछ ।
३. तयार भएको अधिकृत वारेसनामा २ प्रति सक्कल र राजदूतावासलाई सम्बोधन गरिएको निवेदन हुनुपर्नेछ ।
४. बिबाह दर्ताको सक्कल प्रमाण पत्र वा नक्कल मा नोटरी पब्लिक द्वारा प्रमाणित हुनुपर्नेछ ।
५ . अधिकृत वारेसनामा दिनेको सक्कल नागरिकता प्रमाणपत्र तथा राहदानी र भिसाको सक्कल र प्रतिलिपि र अधिकृत वारेसनामा लिनेको सक्कल नागरिकता वा नोटरी पव्लिकबाट प्रमाणित प्रतिलिपि हुनुपर्नेछ ।

६. यदि महिलाले सम्बन्ध विच्छेदको लागि वारेशनामा दिने भएमा श्रीमानको नागरिकता वा राहदानीको प्रतिलिपि संलग्न गर्नुपर्ने ।
७. यदि पुरुषले सम्बन्ध विच्छेदको लागि वारेशनामा दिने भएमा श्रीमतीको राहदानी र नागरिकताको प्रतिलिपि र अदालतले हाजिर हुन जारी गरेको पत्र संलग्न हनुपर्ने ।
८. अधिकृत वारेसनमा दिने र लिने दुवैको हालै खिचिएको २/२प्रति फोटो ।
९. किनारा साक्षीमा सदर भनी उल्लेख भएमा दुबै जनाको नाम, ठेगाना तथा सही, वा यदि रोहवरका साक्षीका सदर भनी उल्लेख भएमा साक्षीहरु दूतावासमा उपस्थित हुनुपर्ने ।
१०. अधिकृत वारेशनामामा लिने र दिनेको तीन पुस्ते विवरण उल्लेख भएको हुनुपर्छ ।
११. अधिकृत वारेसनामा प्रमाणित वापत राजश्व व्रिटिस पौण्ड १५५ लाग्नेछ । 

* हराएमा, चोरी भएमा, च्यातिएको वा कुनैपनि तबरले नस्ट भएमा पुन: उही राजश्व सहित माथि उल्लेख गरीय बमोजिमको कागजातहरु पेस गरि प्रक्रिया अगाडी बढाउनुपर्ने छ । 

* सामान्यतया कागजात सोही दिन प्रमाणित गरिनेछ । कुनै कारणवश कागजात प्रमाणित हुन नसकेमा आवेदकले हुलाक कार्यालय बाट SELF ADDRESSED RETURN ENVELOPE ल्याएर बुझाउन वा दोस्रो दिन लिन आउँन सकिनेछ ।

For more information please contact us on 02072437859 or email: consular@nepembassy.org.uk