Instructions to Make Application for Digital NRN ID

नेपाली मूलको विदेशी नागरिकले गैरआवासीय नेपाली परिचय पत्र (NRN ID Card) आवेदन गर्ने प्रक्रिया तथा ध्यान दिनुपर्ने अन्य आवश्यक जानकारीहरु:

  • यस राजदूतावासको वेवसाइट https://uk.nepalembassy.gov.np/nrn-id/ मार्फत वा सिधै mofa.gov.np टाइप गरी अनलाइन आवेदन फाराममा जाने ।
  • उक्त पेजको माथि दाहिने पट्टी रहेको Sign up बटन क्लिक गरी त्यसमा आफनो विवरण भरी Account create गर्ने
  • त्यसपश्चात sign in गरी नेपाली मुलको विदेशी नागरिकले ‘नेपाली मुलको विदेशी नागरिक’ बटन क्लिक गरी आवेदन Continue गर्ने ।
  • नं. १ मा रहेको निवेदकको आफ्नो विवरण राख्ने खण्डमा सर्वप्रथम आवेदन पेश गर्ने एजेन्सीमा ‘नेपाली राजदूतावास लण्डन’ छनौट गर्ने र कार्डको प्रकारमा आवश्यकता अनुसार New, Renew र Lost मध्ये एउटा छान्ने । Renew र Lost को आवेदन गर्ने आवेदकहरुले यस अघि जारी भएको कार्डको नं. उल्लेख गर्ने ।
  • १ क मा अंग्रेजीमा पहिलो नाम मध्य नाम र अन्तिम नाम राख्ने,
  • १ ख मा नेपालीमा आफ्नो पुरा नाम लेख्ने र त्यसपश्चात आफ्नो हालको राष्ट्रियता र जन्ममिति लेख्ने,
  • १ ग मा आफ्नो बुबाको नाम थर र ठेगाना लेख्ने,
  • १ घ मा आफ्नो आमाको नाम थर र ठेगाना लेख्ने,
  • १ ङ मा हालको राहदानी नं. उल्लेख गर्ने,
  • १ च मा हालको राहदानी सम्बन्धी अन्य विवरण उल्लेख गर्ने,
  • १ छ मा नेपालमा रहँदाको ठेगाना उल्लेख गर्ने (नेपाली नागरिकता परित्याग नगरेको भएता पनि नेपालको पहिलेको आफ्नो ठेगाना उल्लेख गर्ने)
  • १ज मा नेपालको नागरिकता परित्याग गरेको भएमा सो को विवरण उल्लेख गर्ने साथै हालको नागरिकता (Naturalization)को विवरण उल्लेख गर्ने,
  • १झ मा नेपालमा निकटतम नातेदार भए सो को विवरण उल्लेख गर्ने ।

त्यसपश्चात page save गरी खण्ड नं. मा जाने ।

  • Add बटन क्लिक गरी क) मा आफु हाल बसोबास गरेको देशको बिबरण भर्ने र ख) मा उक्त मुलुकमा बसोबास गरेको मिति (Naturalization लिएको मिति) खुलाइ Submit गर्ने ।
  • खण्ड नं. ३ मा कुनै पेशा, व्यवसाय रोजगार गरी बसेको भए रोजगारीको विवरण, रोजगार गरिरहेको ठाँउको ठेगाना र औसत बार्षिक आम्दानी (अमेरिकी डलरमा) खुलाई उक्त विवरणलाई Submit गर्ने ।
  • खण्ड ४ मा विदेशमा आफुले प्राप्त गरेको ज्ञान, अनुभव र सिप सम्बन्धी विवरण उल्लेख गर्ने ।
  • खण्ड ५ मा नेपालमा लगानी गर्न इच्छा गरेको क्षेत्र र अनुमानित लगानी रकम उल्लेख गर्ने ।
  • संलग्न कागजात खण्डमा देहायबमोजिमका कागजातहरु अपलोड गर्ने:

तोकिएको स्थानमा अनिवार्य अपलोड गर्नुपर्ने कागजातहरु:

  • Visa/PR Document upload गर्ने स्थानमा आफुसँग हाल वहाल रहेको पासपोर्टको मुख्य पेज
  • आवेदक तथा उपलव्ध भएसम्म बुवा/आमा/हजुरबुबा/हजुरबुबाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि । आवेदकले नागरिकता प्रमाणपत्र लिइनसकेको भएमा निजको जन्म दर्ता प्रमाणपत्र वा नावालक परिचयपत्र तथा निजको बुबा आमा वा हजुबुबा हजुरआमा नेपालको नागरिक भएको ब्यहोरा खुल्ने कागजात ।
  • हालसालै खिचिएको पासपोर्ट साइजको फोटो
  • आवेदकको दस्तखत
  • बसोबास गरिरहेको मुलुकको नागरिकता खुल्ने कागजात (Naturalization Certificate)

माथि उल्लिखित कागजातहरू (पासपोर्ट साइजको फोटो र सहि बाहेक) एकै पटक स्क्यान गरी PDF मा १ MB भन्दा कम साइज बनाइ कुनै एक स्थानमा अपलोड गर्न सकिनेछ ।

  • सम्पूर्ण विवरण उल्लेख गरेपश्चात पूर्वावलोकन खण्डमा रूजु गरी एक प्रति प्रिन्ट गर्ने र त्यसमा दस्तखत गरी राजदूतावासमा पेश गर्ने ।
  • अन्त्यमा कार्ड रिक्वेस्टमा खण्डमा गई Apply for Card बटन थिचि NRN ID Card को लागि फारम अनलाईन मार्फत Submit गर्ने ।

विदेशमा बस्ने नेपाली नागरिकको हकमा विदेशमा बस्ने नेपाली नागरिकबटन क्लिक गरी आवेदन Continue गर्ने र आवश्यकता अनुसारको विवरण उपलव्ध गराई फाराम Submit गर्न सकिनेछ ।

नेपाली मूलको विदेशी नागरिकका लागि जारी गरिने १० बर्ष अवधि भएको गैरआवासीय परिचयपत्रका लागि शुल्क ३६५/- पाउण्ड, विदेशमा बस्ने नेपाली नागरिकका लागि जारी गरिने परिचयपत्रका लागि शुल्क ५५/- पाउण्ड र हराएको उक्त हरेक परिचय पत्रका लागि दोब्बर शुल्क लाग्नेछ ।