Vital registration (Birth & Death)


यस राजदूतावासबाट व्यक्तिगत घटना (जन्म र मृत्यु) दर्ता गर्ने प्रकृया

Procedure for registering personal events (births and deaths) from the embassy


  • कुन-कुन घटना यस राजदूतावासमार्फत दर्ता हुन्छन्?

हाललाई जन्म दर्ता तथा मृत्यु दर्तामात्र गरिने ।

  • कसको घटना दर्ता हुन्छ ?

हाललाई यस राजदूतावास रहेको देश तथा सहप्रमाणीकरण भएका मुलुकमा रहेका नेपाली बाबु आमाबाट जन्म भएका बच्चा र सम्बन्धित देशमा मृत्यु भएका नेपाली नागरिकको मात्र घटना दर्ता हुन्छ ।

  • घटना दर्ताको सूचना कसले दिने?

जन्मको हकमा राजदूतावासको कार्यक्षेत्रभित्र पर्ने देशमा रहेका बच्चाको बाबु वा आमा वा परिवारको १८ वर्ष उमेर पुगेको व्यक्तिले।

मृत्युको हकमा बाबु/आमा, पति/पत्‍नी, छोरा/छोरीले वा निजहरुको अनुपस्थितिमा परिवारको १८ वर्ष उमेर पुगेको व्यक्तिले।

  • घटना दर्ताको सूचना कसरी दिने?

कानुनी रुपमा सूचना दिन योग्य व्यक्ति स्वयं राजदूतावासमा उपस्थित भएर वा अनलाईन पोर्टल https://public.donidcr.gov.np/ मार्फत (अनलाईन पोर्टलको लिङ्क विभागको वेबसाईट https://donidcr.gov.np बाट पनि प्राप्त गर्न सकिनेछ)।

  • नेपालमा दर्ता भएका घटना दर्ताको नेपाली नियोगबाट संशोधन वा प्रतिलिपि निकाल्न सकिन्छ?

हाललाई यो सुविधा उपलब्ध छैन। हाललाई यस राजदूतावासमा दर्ता भएका घटना दर्ताको मात्र संशोधन वा प्रतिलिपि निकाल्न सकिने व्यवस्था रहेको छ ।

  • जन्म र मृत्यको सूचना फाराम कहाँबाट प्राप्त गर्न सकिनेछ?

विभागको वेबसाईट https://donidcr.gov.np/Download/News?id=५&Did=२ वा यस राजदूतावासको वेबसाईटबाट प्राप्त गर्न सकिनेछ।

  • घटना दर्ताको प्रमाणपत्र कसरी प्राप्त गर्न सकिन्छ?

अनलाईन सूचना फाराम भरी संलग्न गर्नुपर्ने कागजातको सक्कल प्रति सहित राजदूतावासमा उपस्थित हुनुपर्नेछ र राजदूतावासका स्थानीय पञ्जिकाधिकारीले आवश्यक विवरण रुजु गरी प्रमाणपत्र उपलब्ध गराउनेछन् ।

अनलाईनमार्फत सूचना भर्न असमर्थ भएमा संलग्न गर्नुपर्ने कागजात र सूचना फारामको सक्कल प्रति सहित राजदूतावासमा उपस्थित भई प्राप्त गर्न सकिनेछ।

  • संलग्न गर्नुपर्ने कागजातहरु के के हुन?

जन्म दर्ता

  • बाबु र आमाको नागरिकता र राहदानी प्रमाणपत्रको प्रतिलिपि,
  • स्वास्थ्य संस्था/अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी प्रमाण,
  • घरमा जन्म भएको भए पहिलो खोप दिएको प्रमाण र
  • जन्मको सूचना फाराम (ONLINE)
  • सूचकको नागरिकता प्रमाणपत्र वा राहदानीको प्रतिलिपि।

 

मृत्यु दर्ता

    • मृतकको नागरिकता वा राहदानी प्रमाणपत्रको प्रतिलिपि (बनेको भएमा),
    • सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
    • स्वास्थ्य संस्था/अस्पतालमा मृत्यु भएको भए उक्त संस्थाबाट जारी मृत्यु प्रमाण र
    • मृत्यु दर्ताको सूचना फाराम (ONLINE)

 

  • घटना दर्ता गर्दा शुल्क तिर्नु पर्दछ?

घटना घटेको ३५ दिन भित्र दर्ता गर्दा कुनै पनि शुल्क तिर्नु पर्दैन। ३५ दिन भन्दा ढिला हुन गएमा २५ पाउण्ड स्टर्लिङ बिलम्ब शुल्कबापत तिर्नुपर्ने हुन्छ ।

  • संशोधन वा प्रतिलिपिको शुल्क लाग्छ वा लाग्दैन?

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली, २०७७ को अनुसूची-३ बमोजिम ३० पाउण्ड स्टर्लिङ शुल्क लाग्दछ।

  • नेपाली नियोगमा दर्ता भएको व्यक्तिगत घटना दर्ता पुनः नेपालमा दर्ता गर्नु पर्दछ?

एक पटक नेपाली नियोगमा दर्ता भएको घटना दर्ता पुनः नेपालमा दर्ता गर्नु पर्दैन।

व्यक्तिगत घटना दर्ता फाराममा नेपाली फन्टमा पनि केही विवरण भर्नुपर्नेमा आवेदकले त्यस्तो विवरण भर्न नसकेको खण्डमा म्यानुअल फाराम समेत भरी यस राजदूतावासमा पेश गर्नुपर्ने हुन्छ ।