सूचना
नेपाली राजदूतावास, लण्डनले आगामी दिनमा आयोजना गर्ने कार्यक्रमहरु तथा समुदायसँगको सहकार्यमा हुनसक्ने राष्ट्रिय हित एवं प्राथमिकताका अन्य गतिविधिहरुमा नेपाली डायस्पोराको अधिकतम परिचालन गर्न संयुक्त अधिराज्यमा हाल क्रियाशील रहेका नेपाली संघ/संस्था/संगठनहरुको विवरण आवश्यक भएकोले देहायको लिङ्कमा गइ ०७ जनवरी २०२५ भित्र आ-आफ्नो विवरण अद्यावधिक / उपलब्ध गराउनु हुन सम्बन्धित सबैमा अनुरोध छः
Link: https://uk.nepalembassy.gov.np/organization-registration/
नेपाली राजदूतावास, लण्डन
मितिः २०८१।०९।१८ (०२ जनवरी २०२५)