वि.सं:
नेपाल संवत: ११४५ तछलागा तृतीया - १८
प्रेस विज्ञप्ति
भूपू गोर्खाहरुको लामो समयदेखी थाति रहेको माग सम्बोधनका विषयमा नेपाली राजदूतावास र संयुक्त अधिराज्यका रक्षा मन्त्रालयका पदाधिकारीहरु एवं भूतपूर्व गोर्खाका प्रतिनिधिहरुको सहभागितामा यस राजदूतावासमा आज प्राविधिकस्तरको वैठक सम्पन्न भयो। वैठकमा भूपू गोर्खाहरुका मुख्य मागहरु र विशेष गरी समान पेन्सन सम्बन्धी विषयमा केन्द्रीत रहेर निकै सौहार्दपूर्ण तवरले छलफल भएको छ। अर्को बैठक आपसी सहमतिमा छिटै बस्ने गरी टुंगिएको छ।बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली राजदूतावासका उप-नियोग प्रमुख श्री विपिन दुवाडी, सैनिक सहचारी महासेनानी श्री अनुप शाह तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट G-10 का उपस्थित ९ जना प्रतिनिधिहरु तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालयका अधिकारीहरुको सक्रिय सहभागिता रहेको थियो।
नेपाली राजदूतावास, लण्डन
बिहिबार, १२ जुन २०२५