A.D.:
Nepal Samvat: 1146 POHELAGA SAPTAMI - 22

प्रेस विज्ञप्ति
नेपालमा हिंजोदेखि भएका प्रदर्शनका क्रममा हुन गएको जनधनको अपूरणीय र अकल्पनिय क्षति प्रति यस राजदूतावास मर्माहित भएको छ। यस क्रममा शहादत प्राप्त गर्नुहुने समस्त दिवंगत आत्माहरु प्रति हामी चिरशान्तिको कामना गर्दछौं । यस घडीमा शोकमा रहनुभएका सम्बन्धित परिवारजनहरु प्रति हार्दिक समवेदना प्रकट गर्दछौं। साथै, सबै घाईतेजनहरुको स्वास्थ्य लाभको कामना गर्दछौं।
यस बीच संयुक्त अधिराज्य तथा आयरलैण्डमा रहनुहुने समस्त नेपाली समुदायहरुले पछिल्ला घटनाक्रम प्रति देखाउनुभएको चासो, चिन्ता र संयमता प्रति हामी उच्च कदर सहित आभार प्रकट गर्न चाहन्छौं। नेपाल र नेपालीहरुको सर्वोपरी हितका लागि यस राजदूतावास सदाझैं सवै पक्षसँगको निरन्तर समन्वय र सहकार्यमा रहनेछ भन्ने प्रतिबद्धता समेत व्यक्त गर्दछौं।
मिति २०८२ भाद्र २४
चन्द्र कुमार घिमिरे
राजदूत
एवं समस्त राजदूतावास परिवार