Important Notice

A.D.:

Nepal Samvat: 1146 KACHHALATHWA SHASTHI - 6

Power of Attorney

Power of Attorney (अधिकृत वारेशनामा)


पेश गर्ने समय

विहान ९ः१५ देखि १२ः०० बजे सम्म

बुझिलिने समय

दिउसो ३ः०० देखि ४ः०० बजे सम्म


अधिकृत वारेशनामाको लागि यस राजदूतावासमा सम्पर्क राख्नु हुने नेपालीहरुले देहायको विषयमा ध्यान दिनु पर्नेछ ।


१. सहिछापको लागि महामहिम राजदूतज्यू समक्ष अधिकृत वारेसनामा दिने व्यक्ति स्वयं उपस्थित हुनुपर्ने ।


२. मुलकी देवानी कार्यबिधि (संहिता) ऐन, २०७४ मा उल्लेख भएबमोजिको लिने र दिनेको तीन पुस्ते विवरण उल्लेख भएको अधिकृत वारेसनामा नेपाली कागजमा प्रिन्ट गरि तयार गर्ने अधिबक्ताको प्रमाणपत्रको प्रतिलिपि सहित पेश गर्नुपर्नेछ ।


३. तयार भएको अधिकृत वारेसनामा २ प्रति सक्कल नै पेश गर्नुपर्नेछ । साथै अधिकृत वारेशनामा राजदूतावासलाई सम्बोधन गरिएको निवेदन हुनुपर्नेछ । ​​


४. अधिकृत वारेसनामा दिनेको र अधिकृत वारेसनामा लिनेको सक्कल नागरिकता प्रमाणपत्र वा नोटरी पव्लिकबाट प्रमाणित भएको हुनुपर्नेछ ।


५. किनारामा उल्लेख भएका साक्षीहरूको नागरिकताको प्रतिलिपी १ / १ प्रति हुनुपर्नेछ ।


६. अधिकृत वारेसनामा दिनेको नेपाली राहदानी र भिसा कपी सक्कल र फोटोकपी संलग्न गर्नुपर्ने छ ।


७. घर/जग्गाधनी प्रमाणपत्रको सक्कल वा नोटरी पव्लिकबाट प्रमाणित प्रति संलग्न गर्नुपर्नेछ । सवारीसाधन सम्बन्धि भए सवारी धनि पूर्जा सक्कल वा नोटरी पब्लिकद्वारा प्रमाणित फोटोकपी संलग्न गर्नु पर्नेछ र शेयर सम्बन्धि भएमा शेयर धनि प्रमाण पत्रको सक्कल वा नोटरी पब्लिकद्वारा प्रमाणित फोटोकपी संलग्न गर्नु पर्नेछ । मुद्दा-मामिला परिसकेको भए तारेख पत्रको कपि र मुद्दा-मामिला दायर गर्नु पर्ने भए सो को स्पष्ट बिबरण लिखितम मा खुलाएको हुनेपर्ने ।


८. घर/जग्गा सम्बन्धी भएमा चालु आर्थिक वर्षको मालपोत तिरेको रसिदको सक्कल वा नोटरी पव्लिकबाट प्रमाणित प्रति संलग्न हुनुपर्नेछ ।


९. अधिकृत वारेसनमा दिने र लिने दुवैको हालै खिचिएको (White Background ) ३/३ प्रति फोटो ।


१०. राजश्व: ५ (पाँच) पाउण्ड । तीन तीन पुस्तावाहेक अरुलाई सम्पत्ति बिक्री गर्ने वा हक छाडिदिने गरी गरिएको अधिकृत वारेसनामा प्रमाणित गर्दा जम्मा ३५ (पैतिस) पाउण्ड ।

* हराएमा, चोरी भएमा, च्यातिएको वा कुनैपनि तबरले नस्ट भएमा पुन: उही राजश्व सहित माथि उल्लेख गरिएबमोजिमको कागजातहरु पेस गरि प्रक्रिया अगाडी बढाउनुपर्ने छ ।


सम्बन्ध विच्छेद ( Divorce) को अधिकृत वारेशनामा वनाउँदा आवश्यक पर्ने कागजपत्रहरु:

१. सहिछापको लागि महामहिम राजदूतज्यू समक्ष अधिकृत वारेसनामा दिने व्यक्ति स्वयं उपस्थित हुनुपर्ने ।


२. मुलकी देवानी कार्यबिधि (संहिता) ऐन, २०७४ मा उल्लेख भएबमोजिको लिने र दिनेको तीन पुस्ते विवरण उल्लेख भएको अधिकृत वारेसनामा नेपाली कागजमा प्रिन्ट गरि तयार गर्ने अधिबक्ताको प्रमाणपत्रको प्रतिलिपि सहित पेश गर्नुपर्नेछ ।


३. तयार भएको अधिकृत वारेसनामा २ प्रति सक्कल नै पेश गर्नुपर्नेछ । साथै अधिकृत वारेशनामा राजदूतावासलाई सम्बोधन गरिएको निवेदन हुनुपर्नेछ । ​​


४. अधिकृत वारेसनामा दिनेको र अधिकृत वारेसनामा लिनेको सक्कल नागरिकता प्रमाणपत्र वा नोटरी पव्लिकबाट प्रमाणित भएको हुनुपर्नेछ ।


५.किनारामा उल्लेख भएका साक्षीहरूको नागरिकताको प्रतिलिपी १ / १ प्रति हुनुपर्नेछ ।


६. अधिकृत वारेसनामा दिनेको नेपाली राहदानी र भिसा कपी सक्कल र फोटोकपी संलग्न गर्नुपर्ने छ ।


७. बिबाह दर्ताको सक्कल प्रमाण पत्र वा नक्कल मा नोटरी पब्लिक द्वारा प्रमाणित हुनुपर्नेछ ।


८. यदि महिलाले सम्बन्ध विच्छेदको लागि वारेशनामा दिने भएमा श्रीमानको नागरिकता वा राहदानीको प्रतिलिपि संलग्न गर्नुपर्ने ।


९. यदि पुरुषले सम्बन्ध विच्छेदको लागि वारेशनामा दिने भएमा श्रीमतीको राहदानी र नागरिकताको प्रतिलिपि र अदालतले हाजिर हुन जारी गरेको पत्र संलग्न हनुपर्ने ।


१०. अधिकृत वारेसनमा दिने र लिने दुवैको हालै खिचिएको (White Background) ३/३ प्रति फोटो ।


११.राजश्व: ५ (पाँच) पाउण्ड ।तीन तीन पुस्तावाहेक अरुलाई सम्पत्ति बिक्री गर्ने वा हक छाडिदिने गरी गरिएको अधिकृत वारेसनामा प्रमाणित गर्दा जम्मा ३५ (पैतिस) पाउण्ड ।

* हराएमा, चोरी भएमा, च्यातिएको वा कुनैपनि तबरले नस्ट भएमा पुन: उही राजश्व सहित माथि उल्लेख गरीय बमोजिमको कागजातहरु पेस गरि प्रक्रिया अगाडी बढाउनुपर्ने छ ।

For more information please contact us on 02072291594 or email: consular@nepembassy.org.uk