Important Notice

A.D.:

Nepal Samvat: 1146 CHAULATHWA SAPTAMI - 7

Vital registration (Birth & Death)

Vital registration (Birth & Death)


यस राजदूतावासबाट व्यक्तिगत घटना (जन्म र मृत्यु) दर्ता गर्ने प्रकृया

Procedure for registering personal events (births and deaths) from the embassy


हाललाई जन्म दर्ता तथा मृत्यु दर्तामात्र गरिने ।

हाललाई यस राजदूतावास रहेको देश तथा सहप्रमाणीकरण भएका मुलुकमा रहेका नेपाली बाबु आमाबाट जन्म भएका बच्चा र सम्बन्धित देशमा मृत्यु भएका नेपाली नागरिकको मात्र घटना दर्ता हुन्छ ।

जन्मको हकमा राजदूतावासको कार्यक्षेत्रभित्र पर्ने देशमा रहेका बच्चाको बाबु वा आमा वा परिवारको १८ वर्ष उमेर पुगेको व्यक्तिले।

मृत्युको हकमा बाबु/आमा, पति/पत्नी, छोरा/छोरीले वा निजहरुको अनुपस्थितिमा परिवारको १८ वर्ष उमेर पुगेको व्यक्तिले।

कानुनी रुपमा सूचना दिन योग्य व्यक्ति स्वयं राजदूतावासमा उपस्थित भएर वा अनलाईन पोर्टल https://public.donidcr.gov.np/ मार्फत फारम भरि तपशिलमा उल्लिखित कागजातहरुसहित (अनलाईन पोर्टलको लिङ्क विभागको वेबसाईट https://donidcr.gov.np बाट पनि प्राप्त गर्न सकिनेछ)।

हाललाई यो सुविधा उपलब्ध छैन। हाललाई यस राजदूतावासमा दर्ता भएका घटना दर्ताको मात्र संशोधन वा प्रतिलिपि निकाल्न सकिने व्यवस्था रहेको छ ।

घटना घटेको ३५ दिन भित्र दर्ता गर्दा कुनै पनि शुल्क तिर्नु पर्दैन। ३५ दिन भन्दा ढिला हुन गएमा २५ पाउण्ड स्टर्लिङ बिलम्ब शुल्कबापत तिर्नुपर्ने हुन्छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली, २०७७ को अनुसूची-३ बमोजिम ३० पाउण्ड स्टर्लिङ शुल्क लाग्दछ।

एक पटक नेपाली नियोगमा दर्ता भएको घटना दर्ता पुनः नेपालमा दर्ता गर्नु पर्दैन।


जन्म दर्ताको लागि आवश्यक कागजातहरु

माथि उल्लेखित कागजातहरु राजदूतावासमा उपस्थित भई वा हुलाक मार्फत पेश गर्नु पेश गर्न सकिनेछ साथै हुलाक मार्फत जन्म दर्ता प्रमाणपत्र संकलनको लागि Self addressed prepaid envelope समेत पठाउन सकिनेछ ।


मृत्यु दर्ताको लागि आवश्यक कागजातहरु