A.D.:
Nepal Samvat: 1146 WACHHALATHWA ASTAMI - 8

प्रेस विज्ञप्ति
पछिल्लो समय संयुक्त अधिराज्यको रोजगार भिसा दिलाइदिने प्रलोभनमा पारी नेपालमा ठगी भए गरेको विषयमा पत्रपत्रिका तथा सामाजिक सञ्जालहरुमा आएका समाचार एवं सूचनाप्रति यस राजदूतावासको गम्भीर ध्यानाकर्षण भएको छ।
वैदेशिक रोजगारीको नाममा फैलाइने यस प्रकारका भ्रम, झुटो आश्वासन र ठगीको विषय निन्दनीय र कसुरजन्य छ । संयुक्त अधिराज्यमा उपलब्ध हुने भनिएका वैदेशिक रोजगारीको अवसरका विषयमा वैदेशिक रोजगार विभाग लगायतका नेपाल सरकारको सम्बन्धित निकायबाट यथेष्ट आधिकारिक जानकारी लिएर मात्र प्रक्रियामा सहभागी हुनुपर्ने अन्यथा वित्तीय ठगी र मानव तस्करीको शिकार हुनसक्ने तर्फ विशेष सावधानी अपनाउन राजदूतावास सबैलाई हार्दिक अनुरोध गर्दछ । ठगीजन्य कार्य गर्ने व्यक्तिहरु उपर आवश्यक कदम चाल्न नेपाल र संयुक्त अधिराज्यका निकायहरुमा समन्वय भईरहेको व्यहोरा समेत सबैलाई जानकारी गराईन्छ ।
नेपाली राजदूतावास, लण्डन
३१ मार्च २०२५