national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

वि.सं:

नेपाल संवत: ११४६ चौलागा त्रयोदशी - २८

पासपोर्ट

नोट: राहदानी आवेदनको लागि सर्वप्रथम राजदूतावासको Website मार्फत अपोइन्टमेन्ट लिनका लागि अनुरोध गरिन्छ। यदि अपोइन्टमेन्ट उपलब्ध छैन भने, कृपया अर्को स्लट नखुलेसम्म पर्खनुहुन अनुरोध छ। यसका लागि राजदूतावासमा सम्पर्क/फोन नगर्नुहुन पनि अनुरोध गर्दछौं।

निवेदकहरूले अनिवार्य रूपमा प्रि-इनरोलमेन्ट (Pre-enrollment) फारम भरी अपोइन्टमेन्टमा तोकिएको मिति र समयमा मात्र राजदूतावासमा उपस्थित हुन समेत अनुरोध गर्दछौं।

राहदानी नवीकरण वा हराएको/क्षति भएको राहदानीको सट्टामा नयाँ बनाउन आवश्यक कागजातहरूको सूची:

राहदानी (Passport) नवीकरण दस्तुर £११० रहेको छ।

निवेदकहरूले आवेदन शुल्क अनलाइन मार्फत बुझाउने व्यवस्था नरहेको हुँदा राजदूतावासमा बायोमेट्रिक्स (Biometrics) को लागि आउँदा बैंक कार्ड (Visa Debit/Credit, Master Card Debit/Credit, All Maestro cards) मार्फत भुक्तानी गर्न सकिनेछ।

राहदानी तयार भई दूतावासमा आउने समय करिव १२ हप्ता रहेको छ ।(३१ अक्टोबर २०२५ मा अद्यावधिक गरिएको)।


१६ वर्ष मुनिका बालबालिकाको राहदानी आवेदन दिनका लागि निम्न कागजातहरू पेश गर्नुपर्नेछ:

राहदानीको आवेदन वा नवीकरण शुल्क: १० वर्ष मुनिका निवेदकहरूका लागि £५५ (५ वर्षको अवधिको लागि मान्य) र १० वर्ष वा सोभन्दा माथिका लागि £११० (१० वर्षको अवधिको लागि मान्य) रहेको छ।

१० वर्ष माथि र १६ वर्ष मुनिका बालबालिका तथा १६ वर्ष पुगिसकेका तर नेपाली नागरिकता नलिएका निवेदकहरूले पनि माथि उल्लेखित कागजातहरू नै पेश गर्नुपर्नेछ, र आवेदन शुल्क £११० लाग्नेछ।

यदि १६ वर्ष माथिका निवेदकहरू नेपाली नागरिकता प्रमाणपत्र लिन नेपाल जान असमर्थ भएमा, उनीहरूलाई एक पटकको लागि २ वर्षको म्याद भएकोराहदानी बनाउन अनुमति दिइनेछ। एक पटकको लागि २ वर्षे राहदानी प्राप्त भईसकेको तर नागरिकता बनाउन नसकेको खण्माडमा दूतावासबाट पुनः नवीकरण गर्न सम्भव हुनेछैन। तसर्थ, २ वर्षको अवधिमा आवेदक अनिवार्य नेपाल गई नेपाली नागरिकताको प्रमाणपत्र लिनुहुन अनुरोध गर्दछौं ।

नाबालक (५ वर्ष मुनि) को हकमा: राहदानीको लागि फोटोहरू सेतो पृष्ठभूमि (White background) मा, ३५ मिमी x ४५ मिमी (Standard size) को, बिना बोर्डर (Border less) र अनुहार ८०% देखिने, आँखाहरू खुला, र सम्भव भएसम्म दुवै कान देखिनेगरी व्यावसायिक रूपमा खिचिएको/प्रिन्ट गरिएको हुनुपर्छ। यसका लागि व्यावसायिक फोटो स्टुडियोमा फोटो खिच्न अनुरोध गरिन्छ।


प्रि-इनरोलमेन्ट (Pre-enrollment) फारम भर्दा ध्यान दिनु पर्ने कुराहरु

  1. आफ्नो ब्राउजरमा https://emrtds.nepalpassport.gov.np/ टाइप गर्नुहोस्।

  2. First Issuance (पहिलो पटक) / Renewal (नवीकरण) / Replacement (Lost/Stolen) (हराएको/चोरी भएको) / Replacement (Damaged) (क्षति भएको) मध्ये एक छान्नुहोस्। हस्तलिखित राहदानी भएकाहरूले First Issuance छान्नुपर्छ।

  3. Ordinary (34 pages) वा उपलब्ध विकल्पहरू मध्ये एक छान्नुहोस् र 'Proceed' मा क्लिक गर्नुहोस्।

  4. "I agree" मा छान्नुहोस्।

  5. "Book Your Appointment" मा Appointment County Other छान्नुहोस साथै Appointment Location NE, London छान्नुहोस्, त्यसपछि आफूलाई पायक पर्ने मिति र समय रोज्नुहोस्।

  6. विभिन्न उप-शीर्षकहरू अन्तर्गत आफ्ना विवरणहरू भर्नुहोस्।

  7. कृपया ध्यान दिनुहोस्: बेलायत (UK) मा रहेका निवेदकहरूले राष्ट्रिय परिचयपत्र नम्बर (National ID Number) भर्न अनिवार्य छैन। यदि तपाईंसँग राष्ट्रिय परिचयपत्र नम्बर छैन भने यो बक्स खाली छोड्न सक्नुहुन्छ।

  8. यदि निवेदक नेपाल बाहेक अन्य देशमा जन्मिएको हो भने, ड्रपडाउन मेनुबाट "Other (Countries)" छान्नुहोला। राहदानी जारी भएको ठाउँ (Passport issue place) छान्दा पनि सोही प्रक्रिया अपनाउनुहोला।

  9. यदि निवेदकसँग नेपाली मोबाइल नम्बर छैन भने, नेपालको कन्ट्री कोड +977 पछि आफ्नो बेलायतको मोबाइल नम्बर (अगाडिको 0 हटाएर) राख्न सक्नुहुन्छ।

  10. आफ्नो नेपाली नागरिकताको अगाडि र पछाडिको स्क्यान कपी छुट्टाछुट्टै अपलोड गर्नुहोस्। साथै, हालको राहदानी (MRP) को व्यक्तिगत विवरण भएको पेज (Page 2 र Page 3) र पछाडिको पेज (Page 30 र Page 31) को स्क्यान कपी अपलोड गर्नुहोस्। विवाह वा सम्बन्धविच्छेदका कारण थर परिवर्तन भएको भए विवाह/सम्बन्धविच्छेद दर्ताको स्क्यान कपी पनि अपलोड गर्नुपर्नेछ।

  11. त्यसैगरी, यदि तपाईंको स्थायी ठेगाना नागरिकतामा उल्लेख भएभन्दा फरक छ भने बसाईसराई प्रमाणपत्र (Migration certificate) को स्क्यान कपी अपलोड गर्नुपर्नेछ।

  12. फारम बुझाउनुहोस् (Submit) र डाउनलोड गर्नुहोस्।

  13. कृपया फारमको एक प्रति प्रिन्ट गर्नुहोस्, किनकि यो आवेदनको साथ राजदूतावासमा बुझाउनुपर्नेछ।

  14. राहदानी आवेदनमा त्रुटि हुन गएमा पुनः शुल्क तिरी नयाँ राहदानी आवेदन दिनु पर्ने भएकोले राहदानी आवेदनमा विवरण भर्दा होसियारी पूर्वक सही सूचना भर्नु होस । सकभर आफै भर्नुहोस र अरुले सहयोग गरेका छन् भने विवरण आफै रुजू गर्न नभुल्नू होला । राहदानी आवेदन भर्दा राजस्व दस्तुर Online भुक्तानीको Option देखा पर्ने छ । यो व्यवस्था नेपालबाट राहदानी लिनका लागि मात्र उपलब्ध भएको हुँदा दूतावासमा लागू हुँदैन । राजदूतावासमा बायोमेट्रिक्स (Biometrics) को लागि आउँदा बैंक कार्ड (Visa Debit/Credit, Master Card Debit/Credit, All Maestro cards) मार्फत भुक्तानी गर्न सकिनेछ।


राहदानी सङ्कलन (Collection of passport):

राहदानी राजदूतावासमा प्राप्त भएपछि निवेदकको इमेलमा जानकारी गराइनेछ। जानकारी प्राप्त भएपछि निम्न तरिकाले राहदानी सङ्कलन गर्न सकिन्छ:

  1. आफ्नो हालको राहदानी र भुक्तानी रसिद लिई स्वयं राजदूतावासमा उपस्थित भएर।

  2. आवेदकहरूले आफ्नो ठेगाना सहितको खाम (Self-addressed return envelope) राजदूतावासमा छोड्नुभएको छ वा पठाउनुभएको छ भने उहाँहरूको राहदानी राजदूतावासले हुलाक मार्फत पठाइदिनेछ।

  3. कुनै पनि कुरियर सेवा (Courier services) मार्फत राजदूतावासबाट राहदानी सङ्कलन गर्न अनुरोध गर्न सकिन्छ। यदि तपाईंले आफ्नो राहदानी सङ्कलन गर्न कुरियर सेवा बुक गर्नुभएको छ भने, कृपया त्यसको लेबल (Label) राजदूतावासको इमेलमा पठाउनुहोला र राहदानी सङ्कलनको लागि तयार गरिदिन अनुरोध गर्नुहोला।

नोट: यदि तपाइँको पुरानो हस्तलिखित राहदानी होम अफिस (Home Office) मा भिसा प्रक्रियाको क्रममा छ र तपाइँलाई सक्कल राहदानी बिना नै ई-राहदानीको लागि आवेदन दिनु छ भने, कृपया होम अफिसको पत्र (जसमा तपाइँको होम अफिस वा केस रेफरेन्स नम्बर उल्लेख भएको होस्) अनिवार्य रूपमा पेश गर्नुहोस्।

थप जानकारीको लागि कृपया हामीलाई 02072291594 मा सम्पर्क गर्नुहोस् वा consular@nepembassy.org.uk, passport@nepembassy.org.uk मा इमेल गर्नुहोस्।