आयरल्याण्डमा संचालन हुने राहदानी सेवा सहितको कन्सुलर शिविरबारे जरुरी सूचना

आयरल्याण्डमा देहायको मिति, समय र स्थानमा यस राजदूतावासद्वारा घुम्ती कन्सुलर शिविर आयोजना हुँदैछ । ३० अप्रिल २०२६ भित्र राहदानीको बहाल अवधि समाप्त हुने नेपाली नागरिकहरुले नवीकरण गराउन सकिने हुनाले शिविरमा उपस्थित भई लाभान्वित हुन सम्बन्धित सबैलाई हार्दिक अनुरोध गरिन्छ । 

घुम्ती शिविर सम्बन्धी विस्तृत व्यहोरा:

मिति: ३० अप्रिल २०२५, बुधबार

समय: विहान १०.०० वजे देखि दिउसोको ५ वजेसम्म

स्थान: Teachers Club, 36 Parnell Square West Dublin 1, Eircode D01 T6V6, Ireland

सम्पर्क व्यक्ति

श्री प्रकाश सापकोटा, अध्यक्ष, गैरआवासीय नेपाली संघ, आयरल्याण्ड, मो. +353-877428147

श्री चन्द्र घले (काजि), महासचिव, गैरआवासीय नेपाली संघ, आयरल्याण्ड, मो. +353-877406539

विद्युतीय राहदानी नवीकरणका लागि:

राहदानी बाहेक अन्य कन्सुलर सेवा जरुरी भएका सेवाग्राहीहरुले समेत घुम्ती शिविरमा सम्पर्क गर्नुहुन अनुरोध छ । प्राविधिक रुपमा सम्भव भएसम्म नेपाली राजदूतावासबाट प्रवाह गरिने सबै प्रकारका सेवाहरु उपलब्ध गराइने छ ।

नोटः

  • राहदानी तथा अन्य कन्सुलर सेवाहरु प्राप्त गर्न आवश्यक कागजात, शुल्क र प्रक्रियाबारे जानकारीको लागि राजदूतावासको वेबसाइट  https://uk.nepalembassy.gov.np/services-list/ मा गई हेर्न सकिनेछ ।
  • कन्सुलर सेवावापतको राजश्व पाउण्ड स्टर्लिङमा बैंक कार्डमार्फत भुक्तानी गर्नु पर्नेछ ।
  • राहदानी तयार भएपश्चात निवेदकलाई इमेलमार्फत जानकारी गराइने र सम्बन्धित आवेदकले कुनै कुरियर सेवा बुक गरेर सोको लेवल (label) सहितको जानकारी यस राजदूतावासको इमेल consular@nepembassy.org.uk मा गराउनु पर्नेछ ।
  • यस राजदूतावासबाट प्रदान गरिने कन्सुलर सेवा सम्बन्धमा कुनै जिज्ञासा भएमा राजदूतावासको इमेल consular@nepembassy.org.uk वा मोबाइल नं. +447404939274 मा सम्पर्क गर्न सकिन्छ ।

नेपाली राजदूतावास, लण्डन

८ अप्रिल २०२५