Important Notice

A.D.:

Nepal Samvat: 1146 THIMLAGA CHATURTHI - 19

अन्तरराष्ट्रिय ध्यान दिवस मनाउने सम्बन्धी सूचना ।

null

अन्तरराष्ट्रिय ध्यान दिवस मनाउने सम्बन्धी सूचना ।

संयुक्त राष्ट्रसंघले गत वर्षदेखी डिसेम्बर २१ का दिन अन्तरराष्ट्रिय ध्यान दिवस (World Meditation Day) मनाउने निर्णय गरेको व्यहोरा सर्वविदितै छ। यसै सन्दर्भमा, शारीरिक, मानसिक र आत्मिक स्वास्थ्य तथा योग ध्यान प्रवर्धन गर्ने उद्धेश्यले जीवन विज्ञान प्रतिष्ठान, यु. के. का प्रशिक्षकहरुबाट यस राजदूतावासमा देहायको मिति र समयमा योग ध्यान सम्बन्धी कार्यक्रम आयोजना गर्न लागिएको हुँदा उक्त कार्यक्रममा सहभागि भई लाभान्वित हुनु हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ ।

योग ध्यान कार्यक्रम सम्बन्धी विवरण
मिति: २०८२ पुस ६ गते (आइतबार, २१ डिसेम्बर २०२५)
समय: बिहान ९.०० बजे देखि ११ बजेसम्म
स्थान: नेपाली राजदूतावास, लण्डन

नोटः
यस कार्यक्रममा सहभागिताको लागि अनिवार्य रुपमा अनलाइन फारममार्फत आफ्नो नाम तथा विवरण प्रविष्ट गर्नु पर्नेछ । ईच्छुकहरुलाई ‘first come, first served basis’ को आधारमा सहभागी गराईने व्यहोरा समेत जानकारी गराईन्छ । रजिष्ट्रेशनका लागि देहायको लिंकमा जान सक्नुहुन्छः
https://forms.gle/vYWrU6ka9ygZgcNu6

नेपाली राजदूतावास, लण्डन
६ डिसेम्बर २०२५