Important Notice

A.D.:

Nepal Samvat: 1146 THIMLAGA AAMAI - 30

Aldershot मा सञ्चालन हुने राहदानी तथा कन्सुलर सेवा सम्बन्धी घुम्ती शिविरबारे जरुरी सूचना

null

Aldershot मा सञ्चालन हुने राहदानी तथा कन्सुलर सेवा सम्बन्धी घुम्ती शिविरबारे जरुरी सूचना

संयुक्त अधिराज्यमा नेपालीहरुको बाहुल्यता रहेको Aldershot, Farnborough लगायतका स्थानमा रहनुभएका, विशेषतः जेष्ठ अशक्त नेपाली नागरिकहरुलाई पाएक पर्ने गरी देहायको मिति, समय स्थानमा यस राजदूतावासद्वारा घुम्ती शिविरमार्फत राहदानी तथा कन्सुलर सेवा प्रदान गर्ने कार्यक्रम रहेको हुँदा उक्त शिविरमा उपस्थित भई लाभान्वित हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ  

 

घुम्ती शिविर संचालन सम्बन्धी विस्तृत व्यहोरा:

मिति: शनिबार, १७ जनवरी २०२६

समय: विहान १० बजे देखि दिउंसोको बजेसम्म

स्थान: Shiva Cultural and Community Centre, Queens Rd, Aldershot, GU11 3JE

 

घुम्ती सेवाको सम्बन्धमा थप जानकारी आवश्यक परेमा स्थानीय सम्पर्क व्यक्तिहरुः

  • श्री जीब नारायण वेलवासे, भू पु अध्यक्ष, GRNC, UK, मो.+44-07900905379 
  • श्री ओम थापा, भू पु अध्यक्ष, GRNC, UK, मो. +44-07886928430
  • श्री लिला सेलिङ माबो, अध्यक्ष, GRNC, UK, मो. +44-07984667618
  • श्री सुनिल राना, महासचिव, GRNC, UK, मो. +44-07853227102
  • श्री विष्णु श्रेष्ठ, अध्यक्ष, मद्दत समुह, यू.के, मो. +44-07989045734  
  • श्री सुशीला थापामगर, आयोजना व्यवस्थापक, GRNC, UK, मो. +44-07387359612
  • श्री ग्यारी घले, कोषाध्यक्ष, GRNC, UK, मो. +44-07533297513
  • श्री हरि भट्टराई, अध्यक्ष, Shiva Cultural and Community Centre, UK, मो. +44-07886328776
  • श्री निरज शर्मा, महासचिव, Shiva Cultural and Community Centre, UK, मो. +44-07756678009

 

घुम्ती शिविरबाट प्रवाह हुने मुख्य सेवाहरुः

) राहदानी नवीकरण  (१६ जनवरी २०२७ सम्म बहाल अवधि रहेकाहरुले नवीकरण  गर्न सक्ने)

) अधिकृत वारेसनामा (Power of Attorney, राजदूतावासबाट पछि प्रमाणिकरण गरेर पठाउने गरी)  

) कागजात प्रमाणिकरण (Attestation)

) एकतर्फी यात्रा अनुमतिपत्र (One way Travel Document)

) पर्यटक भिषा (Tourist Visa)

) गैरआवासीय नेपाली परिचय पत्र (NRN ID Card), आवेदन लिई पछि पठाउने गरी

 

 
  • विद्युतीय राहदानी नवीकरणका लागि:
  • राहदानी विभागको लिंक https://emrtds.nepalpassport.gov.np/#services मा रहेको Passport Application Form मा गई अनिवार्य रुपमा रीतपूर्वक अनलाइन फाराम भरी त्यसको एकप्रति प्रिन्ट गरी आवश्यक कागजातका साथमा उपस्थित हुनुपर्नेछ  
  • सक्कल नागरिकता सोको प्रतिलिपी (यस अघि मेशिन रिडेवल राहदानी प्राप्त गरिसकेका आवेदकहरुको हकमा स्पष्ट बुझिने नेपाली नागरिकताको प्रमाणपत्र मात्र भए पनि पुग्ने) विवाहित महिला आवेदकको हकमा विवाह दर्ता प्रमाणपत्र तथा नावालकको हकमा नावालक परिचय पत्र वा जन्म दर्ता प्रमाणपत्र तथा बुबा आमाको नेपाली नागरिकता प्रमाणपत्र, नेपाली राहदानी विवाह दर्ता प्रमाणपत्र समेत आवश्यक पर्नेछ
  • सक्कल राहदानी सोको प्रतिलिपी
  • शुल्क:  राहदानी नवीकरणका लागि: £११०/-, हराएको राहदानी: £२२०/- १० बर्ष भन्दा मुनिका नाबालकको हकमा £५५/-
  • विद्युतीय राहदानी फाराम भर्नु अघि यस राजदूतावासको https://uk.nepalembassy.gov.np/passport/ पेजमा गई विद्युतीय राहदानीको प्रि-इनरोलमेन्ट सम्बन्धी प्रक्रियाबारे जानकारी लिन सकिनेछ

 

राहदानी बाहेक अन्य कन्सुलर सेवा जरुरी भएका सेवाग्राहीहरुले समेत घुम्ती शिविरमा सम्पर्क गर्नुहुन अनुरोध प्राविधिक रुपमा सम्भव भएसम्म नेपाली राजदूतावासबाट प्रवाह गरिने सबै प्रकारका कन्सुलर सेवाहरु उपलब्ध गराइने

 

  • गैर आवासीय नेपाली परिचयपत्र
  • निवेदकले राजदूतावासको वेवसाइटमा रहेको लिंक (https://nrn.mofa.gov.np/#/dashboard) मा गई रीतपूर्वक अनलाइन आवेदन फाराम भर्ने (Instructions का लागि https://uk.nepalembassy.gov.np/instructions-to-make-application-for-digital-nrn-id/) राजदूतावासको घुम्ती टोली Aldershot आइपुग्नु अगावै (१५ जनवरी २०२६ भित्र) अनलाइन फाराम भरेको एकप्रति प्रिन्ट यस राजदूतावासको इमेल visa@nepembassy.org.uk मा प्रेषित गरेमा राजदूतावासमा परिचय पत्र तयार गरी शिविरमा वितरण गर्न सकिने त्यसको लागि इच्छुक आवेदकले अनलाइन फाराम भरी सोको Print-out यस राजदूतावासमा पठाउन सक्नुहुने

 

गैरआवासीय परिचयपत्र आवेदन गर्दा आवश्यक पर्ने कागजातहरु: 

  • नेपाली मुलका विदेशी नागरिकले विदेशमा प्राप्त गरेको Naturalization Certificate सोको प्रतिलिपी,
  • नेपाली मूलका विदेशी नागरिकले प्राप्त गरेको उक्त देशको राहदानी सोको प्रतिलिपी, तथा नेपाली नागरिकता परित्याग गरेको प्रमाण।
  • नेपाली मूलको भएको जनाउने कागजात,
  • आफ्नो नागरिकता प्रमाणपत्र नहुने निवेदकको हकमा बाबु/आमा/हजुरबुबा/हजुरआमा मध्ये एकको नेपाली नागरिकताको प्रमाणपत्र वा नेपाली मूलको भएको जनाउने अन्य कुनै कागजात (जस्तै नाता प्रमाणित) को प्रतिलिपि
  • हाल बसोबास गरेको मुलुकमा व्यापार/व्यवसाय गरिरहेको भए सोको प्रमाण
  • कुनै पेसा/रोजगारीमा संलग्न रहेको भएको सोको प्रमाण
  • एकप्रति पासपोर्ट साइजको फोटो
  • आफ्नो दस्तखतको नमूना
  • शुल्क: £३६५/-, बैक कार्डबाट भुक्तानी गर्न सकिने (कन्सुलर शिविरमा समेत भुक्तानी गर्न सकिने )

 

  • अधिकृत वारेसनामा:
  • सम्बन्धित आवेदक वा कानून व्यवसायीले नेपाली कागजमा तयार गरेको लिखत
  • सम्बन्धित आवेदक वा कानून व्यवसायीले तयार गरेको नेपाली राजदूतलाई सम्बोधन गर्दै लेखेको निवेदन
  • अधिकृत वारेसनामा दिनेको सक्कल नागरिकता सो को प्रमाणित प्रतिलिपी
  • अधिकृत वारेसनामा लिनेको सक्कल नागरिकता सो को प्रमाणित प्रतिलिपी
  • अधिकृत वारेसनामा दिने लिने दुबैको हालसालै खिचिएको दुई/दुई प्रति फोटो
  • स्थायी आवास अनुमतिपत्र वा Visa Status सो को प्रतिलिपि
  • गैर आवासीय नेपाली परिचयपत्रको सक्कल तथा सोको प्रतिलिपि (नेपाली मूलका विदेशी नागरिकको हकमा)
  • जुन प्रयोजनका लागि अधिकृत वारेशनामा दिने हो सो सम्बन्धी सक्कल वा प्रमाणित कागजात, जस्तै- जग्गा बेचबिखनको हकमा लालपुर्जाको सक्कल, कर तिरेको रसिद वा सोको प्रमाणित प्रतिलिपी, सम्बन्ध विच्छेदका लागि विवाह दर्ताको सक्कल वा सो को प्रमाणित प्रतिलिपी
  • शुल्क: £/- (एकाघरको वारेश भएमा) अन्य वारेशको हकमा £३५/-, बैक कार्डबाट भुक्तानी गर्न सकिने

 

  • कागजात प्रमाणिकरण:
  • रीतपूर्वक भरेको निवेदन
  • प्रमाणित गर्ने कागजातको सक्कल प्रतिलिपि
  • नेपालको कुनै निकायबाट जारी भएको कागजात भए परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागबाट प्रमाणिकरण भएको कागजातको सक्कल प्रतिलिपी
  • सक्षम निकायबाट जारी भएको आफ्नो परिचय खुल्ने परिचयपत्र, जस्तै-नागरिकता, राहदानी आदि
  • सवारी चालक अनुमतिपत्रको हकमा सम्बन्धित यातायात कार्यालयबाट जारी भएको verification letter
  • शुल्क: £४०/-, बैक कार्डबाट भुक्तानी गर्न सकिने
  • एकतर्फी यात्रा अनुमतिपत्रः
  • पुरानो राहदानी सोको प्रतिलिपी
  • नागरिकता प्रमाणपत्र सोको प्रतिलिपी।
  • रीतपूर्वक भरेको राहदानी फाराम
  • यात्रा अनुमतिपत्रको लागि दूतावासलाई सम्बोधन गरेको निवेदन
  • दुई प्रति फोटो (MRP size)
  • शुल्क: £३५/- , बैक कार्डबाट भुक्तानी गर्न सकिने

 

  • पर्यटक भिषाः
  • सेवाग्राहीले https://nepaliport.immigration.gov.np/onlinevisa-mission/application मा गई रीतपूर्वक फाराम भरी submit गरेपछि प्रिण्ट गरिएको confirmation page को hard copy वा Submission no.
  • कम्तिमा महिना भन्दा बढी अवधि बहाल रहेको राहदानी
  • कम्तीमा वटा भिसा पानाहरु बाँकी रहेको राहदानी
  • शुल्क: १५ दिने भिषाका लागि £२५, ३० दिने भिषाका लागि £४० ९० दिने भिषाका लागि £१००), बैंक कार्डबाट भुक्तानी गर्न सकिने

 

नोटः

  • राहदानी तथा अन्य कन्सुलर सेवाहरु प्राप्त गर्न आवश्यक कागजात, शुल्क प्रक्रियाबारे जानकारीको लागि राजदूतावासको वेबसाइट  https://uk.nepalembassy.gov.np/ को होमपेजमा रहेको Consular Services” मेनुमा गई हेर्न सकिनेछ
  • कन्सुलर सेवावापतको राजश्व पाउण्ड स्टर्लिङमा बैंक कार्डमार्फत भुक्तानी गर्नु पर्नेछ
  • राहदानी तयार भएपश्चात निवेदकलाई इमेलमार्फत जानकारी गराइने सम्बन्धित आवेदकले कुनै कुरियर सेवा बुक गरेर सोको लेवल (label) सहितको जानकारी यस राजदूतावासको इमेल  consular@nepembassy.org.uk मा पठाउनु पर्नेछ

यस राजदूतावासबाट प्रदान गरिने कन्सुलर सेवा सम्बन्धमा कुनै जिज्ञासा भएमा राजदूतावासको इमेल consular@nepembassy.org.uk वा मोबाइल नं. +44-०७४०४९३९२७४ मा सम्पर्क गर्न सकिन्छ

Embassy of Nepal, London
19 December 2025