नेपाली राजदूतावास, लण्डनले गैरआवासीय नेपाली संघ, स्कटल्याण्ड र स्थानीय नेपाली संघसंस्थाहरुसँगको समन्वयमा स्कटल्याण्डको एडिनवर्गमा आयोजना गर्न लागेको नेपाली मेला, २०२५ को आयोजनास्थलमा राहदानी तथा कन्सुलर सेवा प्रदान गर्ने कार्यक्रम समेत राखेको हुँदा उक्त शिविरमा उपस्थित भई आफूलाई आवश्यक परेको सेवाबाट लाभान्वित हुन सबैमा हार्दिक अनुरोध गरिन्छ ।
कन्सुलर सेवा शिविर संचालन सम्बन्धी विस्तृत व्यहोरा:
मिति, समय र स्थान:
मिति: सोमबार, २३ जुन २०२५
समयः दिउँसोको ११-३ बजेदेखि साँझसम्म
स्थान: West Princes Street Gardens, Princes Street, Edinburgh, EH2 2HG
स्थानीय सम्पर्क: श्री दिवाकर पाण्डे (मोबाइल: ०७५७७९७४८३७)
अध्यक्ष, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, स्कटल्याण्ड
कन्सुलर सेवा घुम्ती शिविरबाट प्रवाह हुने सेवाहरुः
क) राहदानी नवीकरण (जुन २०२६ सम्म बहाल अवधि रहेकाहरुले नवीकरण गर्न सक्ने)
ख) अधिकृत वारेसनामा (Power of Attorney, राजदूतावासबाट पछि प्रमाणिकरण गरेर पठाउने गरी)
ग) कागजात प्रमाणिकरण (Attestation)
घ) एकतर्फी यात्रा अनुमतिपत्र (One way Travel Document)
ङ) पर्यटक भिषा (Tourist Visa)
च) गैरआवासीय नेपाली परिचय पत्र (NRN ID Card), आवेदन लिई पछि पठाउने गरी ।
- उल्लेखित सेवाहरु प्राप्त गर्न आवश्यक कागजात, शुल्क र प्रक्रियाबारे जानकारीको लागि यसैसाथ संलग्न कागजातहरु तथा यस राजदूतावासको वेबसाइट https://uk.nepalembassy.gov.np/ को होमपेजमा रहेको “Consular Services” मेनुमा गई हेर्नुहुन अनुरोध गरिन्छ ।
- राहदानी, गैरआवासीय नेपाली परिचय पत्र र अधिकृत वारेशनामा प्रमाणिकरण गरेपश्चात निवेदकको ठेगानामा पठाउन आवेदकले https://send.royalmail.com/ वा अन्य कुनै कुरियर सेवामार्फत राजदूतावासमा तयार रहेको आफ्नो राहदानी तथा कागजात पठाइदिन अनुरोध गर्न सकिनेछ र सो को जानकारी यथासमयमै यस राजदूतावासको ईमेल consular@nepembassy.org.uk मा गराउनु हुन समेत अनुरोध गरिन्छ ।
- कन्सुलर सेवा शिविरबाट उपलव्ध गराइने कुनै सेवाहरुको बारेमा कुनै जिज्ञासा भएमा यस राजदूतावासको इमेल consular@nepembassy.org.uk वा फोन +44-2072291594 मा सम्पर्क गर्न सकिनेछ ।
- यस राजदूतावासले MRP राहदानीका लागि आवेदन फाराम स्वीकार नगर्ने तथा पछि हुलाकबाट राहदानी फाराम प्रेषित गरी राहदानी नबन्ने भएको हुँदा कन्सुलर शिविरबाट सेवा लिइ लाभान्वित हुन समेत सम्पूर्ण आवेदकहरुमा अनुरोध गरिन्छ ।
घुम्ती कन्सुलर सेवा शिविरमा सेवा लिन आउँदा साथमा ल्याउनुपर्ने कागजातहरुः
विद्युतीय राहदानी नवीकरण :
- राहदानी विभागको लिंक https://emrtds.nepalpassport.gov.np/#services मा रहेको Passport Application Form मा गई रीतपूर्वक भरेको एक प्रति राहदानी फाराम ।
- सक्कल नागरिकता र सोको प्रतिलिपी (यस अघि मेशिन रिडेवल राहदानी प्राप्त गरिसकेका आवेदकहरुको हकमा स्पष्ट बुझिने नेपाली नागरिकताको प्रमाणपत्र मात्र भए पनि पुग्ने) । विवाहित महिला आवेदकको हकमा विवाह दर्ता प्रमाणपत्र तथा नावालकको हकमा नावालक परिचय पत्र वा जन्म दर्ता प्रमाणपत्र तथा बुबा आमाको नेपाली नागरिकता प्रमाणपत्र, नेपाली राहदानी र विवाह दर्ता प्रमाणपत्र समेत आवश्यक पर्नेछ ।
- सक्कल राहदानी र सोको प्रतिलिपी ।
३४ पृष्ठको लागि: £११०/-, हराएको राहदानी: £२२०/- र १० बर्ष भन्दा मुनिका नाबालकको हकमा £५५/-, बैक कार्डबाट भुक्तानी गर्न सकिने ।
गैर आवासीय नेपाली परिचयपत्र:
- निवेदकले राजदूतावासको वेवसाइटमा रहेको लिंक (https://nrn.mofa.gov.np/#/dashboard) मा गई रीतपूर्वक अनलाइन आवेदन फाराम भर्ने । (Instructions का लागि https://uk.nepalembassy.gov.np/instructions-to-make-application-for-digital-nrn-id/) । राजदूतावासको घुम्ती टोली स्कटल्याण्ड आइपुग्नु अगावै (२७ जनवरी २०२५ भित्र) अनलाइन फाराम भरेको एकप्रति प्रिन्ट यस राजदूतावासको इमेल visa@nepembassy.org.uk मा प्रेषित गरेमा राजदूतावासमा परिचय पत्र तयार गरी शिविरमा वितरण गर्न सकिने । त्यसको लागि इच्छुक आवेदकले अनलाइन फाराम भरी सोको Print-out यस राजदूतावासमा पठाउन सक्नुहुने छ ।
गैरआवासीय परिचयपत्र आवेदन गर्दा आवश्यक पर्ने कागजातहरु:
- नेपाली मुलुकका विदेशी नागरिकले विदेशमा प्राप्त गरेको Naturalization Certificate र सोको प्रतिलिपी
- नेपाली मूलका विदेशी नागरिकले प्राप्त गरेको उक्त देशको राहदानी र सोको प्रतिलिपी ।
- नेपाली मूलको भएको जनाउने कागजात, जस्तै- साविकको नेपाली नागरिकताको प्रतिलिपि वा नागरिकता परित्याग गरेको भए सोको प्रतिलिपी,
- आफ्नो नागरिकता प्रमाणपत्र नहुने निवेदकको हकमा बाबु/आमा/हजुरबुबा/हजुरआमा मध्ये एकको नेपाली नागरिकताको प्रमाणपत्र वा नेपाली मूलको भएको जनाउने अन्य कुनै कागजात (जस्तै नाता प्रमाणित) को प्रतिलिपि ।
- हाल बसोबास गरेको मुलुकमा व्यापार/व्यवसाय गरिरहेको भए सोको प्रमाण
- कुनै पेसा/रोजगारीमा संलग्न रहेको भएको सोको प्रमाण ।
- एकप्रति पासपोर्ट साइजको फोटो ।
- आफ्नो दस्तखतको नमूना ।
- शुल्क: £३६५/-, बैक कार्डबाट भुक्तानी गर्न सकिने (कन्सुलर शिविरमा समेत भुक्तानी गर्न सकिने ।)
अधिकृत वारेसनामा:
- सम्बन्धित आवेदक वा कानून व्यवसायीले नेपाली कागजमा तयार गरेको लिखत ।
- सम्बन्धित आवेदक वा कानून व्यवसायीले तयार गरेको नेपाली राजदूतलाई सम्बोधन गर्दै लेखेको निवेदन ।
- अधिकृत वारेसनामा दिनेको सक्कल नागरिकता र सो को प्रमाणित प्रतिलिपी ।
- अधिकृत वारेसनामा लिनेको सक्कल नागरिकता र सो को प्रमाणित प्रतिलिपी ।
- अधिकृत वारेसनामा दिने र लिने दुबैको हालसालै खिचिएको दुई/दुई प्रति फोटो ।
- स्थायी आवास अनुमतिपत्र वा Visa Status र सो को प्रतिलिपि ।
- गैर आवासीय नेपाली परिचयपत्रको सक्कल तथा सोको प्रतिलिपि (नेपाली मूलका विदेशी नागरिकको हकमा)
- जुन प्रयोजनका लागि अधिकृत वारेशनामा दिने हो सो सम्बन्धी सक्कल वा प्रमाणित कागजात, जस्तै- जग्गा बेचबिखनको हकमा लालपुर्जाको सक्कल, कर तिरेको रसिद वा सोको प्रमाणित प्रतिलिपी, सम्बन्ध विच्छेदका लागि विवाह दर्ताको सक्कल वा सो को प्रमाणित प्रतिलिपी ।
- शुल्क: £५/- (एकाघरको वारेश भएमा) अन्य वारेशको हकमा £३५/-, बैक कार्डबाट भुक्तानी गर्न सकिने ।
कागजात प्रमाणिकरण:
- रीतपूर्वक भरेको निवेदन ।
- प्रमाणित गर्ने कागजातको सक्कल र प्रतिलिपि ।
- नेपालको कुनै निकायबाट जारी भएको कागजात भए परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागबाट प्रमाणिकरण भएको कागजातको सक्कल र प्रतिलिपी ।
- सक्षम निकायबाट जारी भएको आफ्नो परिचय खुल्ने परिचयपत्र, जस्तै-नागरिकता, राहदानी आदि ।
- सवारी चालक अनुमतिपत्रको हकमा सम्बन्धित यातायात कार्यालयबाट जारी भएको verification letter
- शुल्क: £४०/-, बैक कार्डबाट भुक्तानी गर्न सकिने ।
एकतर्फी यात्रा अनुमतिपत्रः
- पुरानो राहदानी र सोको प्रतिलिपी ।
- नागरिकता प्रमाणपत्र र सोको प्रतिलिपी।
- रीतपूर्वक भरेको राहदानी फाराम ।
- यात्रा अनुमतिपत्रको लागि दूतावासलाई सम्बोधन गरेको निवेदन
- दुई प्रति फोटो (MRP size) ।
- शुल्क: £३५/- , बैक कार्डबाट भुक्तानी गर्न सकिने ।
पर्यटक भिषाः
- सेवाग्राहीले https://nepaliport.immigration.gov.np/onlinevisa-mission/application मा गई रीतपूर्वक फाराम भरी submit गरेपछि प्रिण्ट गरिएको confirmation page को hard copy वा Submission no. ।
- कम्तिमा ६ महिना भन्दा बढी अवधि बहाल रहेको राहदानी ।
- कम्तीमा २ वटा भिसा पानाहरु बाँकी रहेको राहदानी ।
- शुल्क: १५ दिने भिषाका लागि £२५, ३० दिने भिषाका लागि £४० र ९० दिने भिषाका लागि £१००), बैंक कार्डबाट भुक्तानी गर्न सकिने ।
नेपाली राजदूतावास, लण्डन
१४ जुन २०२५