A.D.:
Nepal Samvat: 1146 WACHHALATHWA ASTAMI - 8
सूचना
संयुक्त अधिराज्यमा रहेका गैर आवासीय नेपालीका सन्ततिहरुलाई नेपालसँग आवद्ध गराउने हेतुले यस राजदूतावासले विभिन्न कार्यक्रमको तयारी गरिरहेको छ। यसै क्रममा वेलायतका विभिन्न बिद्यालयमा अध्ययनरत ५-१५ वर्ष उमेर समूहका नेपाली मूलका वालवालिकाहरुबाट निम्न मिति र समयमा राजदूतावास परिसरमा फूल तथा विरुवा रोप्ने गरी ‘One Child, One Plant: A Day at the Nepal Embassy’ कार्यक्रम तय भएकाले उक्त कार्यक्रममा आफ्ना वालवालिकाहरुलाई सहभागी गराउनु हुन अनुरोध छ। नेपाली मूलका वालवालिकाहरुलाई राजदूतावासको भ्रमण गराई नेपाल प्रतिको लगाव अभिवृद्धि गर्नुका साथै नेपाली संस्कृति, मूल्य मान्यता एवं वातावरणीय सचेतना जगाउने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरिएको हो। यस कार्यक्रममा सीमित संख्यामा मात्र वालवालिकाहरुलाई सहभागी गराउन सकिने भएकाले ईच्छुकहरुले देहायको लिंकमा गई आफ्नो नाम दर्ता गर्नु हुन अनुरोध छ।
कार्यक्रम आयोजना हुने मितिः शनिवार, २५ अप्रिल २०२६
समयः विहान १० बजेदेखी दिउंसोको १:३० बजेसम्म
स्थानः Embassy of Nepal, 12A Kensington palace Gardens, London, W8 4QU
नाम दर्ता गर्ने अन्तिम मितिः शुक्रवार, १७ अप्रिल २०२६
नेपाली राजदूतावास, लण्डन
०१ अप्रिल २०२६