कार्डिफ, वेल्समा संचालन हुने राहदानी सेवा सहितको कन्सुलर शिविरबारे जरुरी सूचना

कार्डिफ, वेल्समा देहायको मिति, समय र स्थानमा यस राजदूतावासद्वारा घुम्ती कन्सुलर शिविर आयोजना हुँदैछ । १० अक्टोबर २०२६ भित्र राहदानीको बहाल अवधि समाप्त हुने नेपाली नागरिकहरुले नवीकरण गराउन सकिने हुनाले शिविरमा उपस्थित भई लाभान्वित हुन सम्बन्धित सबैलाई हार्दिक अनुरोध गरिन्छ । 

घुम्ती शिविर सम्बन्धी विस्तृत व्यहोरा:

मिति: ११ अक्टोबर २०२५, शनिवार

समय: विहान ११.०० वजे देखि दिउसोको ४ वजेसम्म

स्थान: YMCA Plas, 2 Shakespeare Street, Cardiff, CF24 3ES

सम्पर्क व्यक्ति:     श्री नरेन्द्र लिम्बु, मोबाईलः 07855552667

                डा. अमर मल्ल, मोबाईलः 07380 560938

       

विद्युतीय राहदानी नवीकरणका लागि:

  • राहदानी विभागको लिंक https://emrtds.nepalpassport.gov.np/ मा रहेको Passport Application Form मा गई अनिवार्य रुपमा रीतपूर्वक अनलाइन फाराम भरी त्यसको एकप्रति प्रिन्ट गरी आवश्यक कागजातका साथमा उपस्थित हुनुपर्नेछ । 
  • सक्कल नागरिकता र सोको प्रतिलिपी (यस अघि मेशिन रिडेवल राहदानी प्राप्त गरिसकेका आवेदकहरुको हकमा स्पष्ट बुझिने नेपाली नागरिकताको प्रमाणपत्र मात्र भए पनि पुग्ने) । विवाहित महिला आवेदकको हकमा विवाह दर्ता प्रमाणपत्र तथा नावालकको हकमा नावालक परिचय पत्र वा जन्म दर्ता प्रमाणपत्र तथा बुबा आमाको नेपाली नागरिकता प्रमाणपत्र, नेपाली राहदानी र विवाह दर्ता प्रमाणपत्र समेत आवश्यक पर्नेछ ।
  • सक्कल राहदानी र सोको प्रतिलिपी ।
  • शुल्क:  राहदानी नवीकरणका लागि: £११०/-, हराएको राहदानी: £२२०/- र १० बर्ष भन्दा मुनिका नाबालकको हकमा £५५/- ।
  • विद्युतीय राहदानी फाराम भर्नु अघि यस राजदूतावासको https://uk.nepalembassy.gov.np/pages/passport/ पेजमा गई विद्युतीय राहदानीको प्रि-इनरोलमेन्ट सम्बन्धी प्रक्रियाबारे जानकारी लिन सकिनेछ । 

राहदानी बाहेक अन्य कन्सुलर सेवा जरुरी भएका सेवाग्राहीहरुले समेत घुम्ती शिविरमा सम्पर्क गर्नुहुन अनुरोध छ । प्राविधिक रुपमा सम्भव भएसम्म नेपाली राजदूतावासबाट प्रवाह गरिने सबै प्रकारका सेवाहरु उपलब्ध गराइने छ ।

नोटः

  • राहदानी तथा अन्य कन्सुलर सेवाहरु प्राप्त गर्न आवश्यक कागजात, शुल्क र प्रक्रियाबारे जानकारीको लागि राजदूतावासको वेबसाइट  https://uk.nepalembassy.gov.np/services-list/ मा गई हेर्न सकिनेछ ।
  • कन्सुलर सेवावापतको राजश्व पाउण्ड स्टर्लिङमा बैंक कार्डमार्फत भुक्तानी गर्नु पर्नेछ ।
  • राहदानी तयार भएपश्चात निवेदकलाई इमेलमार्फत जानकारी गराइने र सम्बन्धित आवेदकले कुनै कुरियर सेवा बुक गरेर सोको लेवल (label) सहितको जानकारी यस राजदूतावासको इमेल consular@nepembassy.org.uk मा गराउनु पर्नेछ ।
  • यस राजदूतावासबाट प्रदान गरिने कन्सुलर सेवा सम्बन्धमा कुनै जिज्ञासा भएमा राजदूतावासको इमेल consular@nepembassy.org.uk वा मोबाइल नं. +447404939274 मा सम्पर्क गर्न सकिन्छ ।

नेपाली राजदूतावास, लण्डन

१८ सेप्टेम्बर २०२५