
गत बुधवार, २६ अगस्ट २०२६ मा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको यहांहरुलाई विदितै छ। यस दुःखद् विपदको घडीमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्न तथा घाइते एवं प्रभावित नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्न र विपद् प्रभावित नेपालीहरूप्रति ऐक्यबद्धता प्रकट गर्न यस राजदूतावासले देहायको मिति, स्थान र समयमा एक संक्षिप्त कार्यक्रम आयोजना गर्न लागेकोले उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
मितिः मंगलवार, १ सेप्टेम्बर २०२६
समयः सांझ ६-७ बजेसम्म
स्थानः नेपाली राजदूतावास, लण्डन
ईच्छुकहरु सवैले देहायको लिंकमा गई आफ्नो नाम दर्ता गराउनुहोला।
https://forms.gle/EgdE3hx4MznrayNj6
नेपाली राजदूतावास, लण्डन
३० अगष्ट २०२६