national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

Important Notice

A.D.:

Nepal Samvat: 1146 CHAULAGA TRAYODASHI - 28

प्रेष विज्ञप्ति

प्रेष विज्ञप्ति

 

पछिल्लो समय नेपालबाट संयुक्त अधिराज्यका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षाका लागि अध्ययन गर्न आउन ईच्छुक विद्यार्थीहरु विभिन्न एजेन्टहरु मार्फत् ठगिएको विषयमा पत्रपत्रिका तथा सामाजिक सञ्जालहरुमा आएका समाचार तथा सूचनाहरु प्रति यस राजदूतावासको गम्भिर ध्यानाकर्षण भएको छ।

संयुक्त अधिराज्यका विश्वविद्यालय तथा कलेजहरुमा दशकौंदेखि नेपाली विद्यार्थीहरु आई अध्ययन गर्दै आएका छन् र यो क्रम चलिरहेको छ। यद्यपि, यहांका विश्वविद्यालय तथा कलेजहरुमा अध्ययनको लागि सहजीकरण गरिदिने आश्वासन देखाई नेपाली विद्यार्थीहरुलाई ठगि भइरहेको विषय निन्दनीय र कसुरजन्य छ।अध्ययनको लागि इच्छुक विद्यार्थीहरुले पनि आँफू अध्ययन गर्न ईच्छुक विश्वविद्यालय तथा कलेज आँफैमा मान्यताप्राप्त हुन होइनन, साथै अध्ययन गर्ने कार्यक्रमको विषयमा लाग्ने शुल्क, भर्ना प्रक्रिया लगायतका विषयमा यथेष्ट जानकारी लिन र यस्ता विषयमा सचेत रहन राजदूतावास अनुरोध गर्दछ। ठगीजन्य कार्य गर्ने व्यक्तिहरु उपर आवश्यक कदम चाल्न नेपाल र संयुक्त अधिराज्यका निकायहरुमा आवश्यक समन्वय भईरहेको व्यहोरा समेत सम्बन्धित सवैको जानकारीका लागि अनुरोध छ।

 

 

नेपाली राजदूतावास, लण्डन

७ मार्च २०२५