केमन आइल्याण्डमा राहदानी सेवा शिविर संचालन हुने बारे जरुरी सूचना
AN URGENT NOTICE
Regarding the Embassy’s Mobile Camp for Passport Service in the Cayman Islands
केमन आइल्याण्डमा राहदानी सेवा शिविर संचालन हुने बारे जरुरी सूचना
केमन आइल्याण्डमा देहायको मिति, समय र स्थानमा यस राजदूतावासद्वारा घुम्ती शिविरमार्फत राहदानी सेवा प्रदान गर्ने कार्यक्रम रहेको हुँदा ३० अप्रिल २०२६ भित्र राहदानीको बहाल अवधि समाप्त हुनेहरुले राहदानी नवीकरण गर्न शिविरमा उपस्थित भई लाभान्वित हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ ।
घुम्ती शिविर संचालन सम्बन्धी व्यहोरा:
मिति: १४ अप्रिल २०२५
समयः ०९०० – १७०० सम्म
स्थानः Civic Centers – Facilities – George Town Hall
सम्पर्क व्यक्तिहरु:
श्री बादल श्रेष्ठ, मो. +13453291716
श्री राजु न्यौपाने, मो. +13453224727
श्री ईश्वर थापा, मो. +13459270494
श्री बिरु गुरुङ, मो. +13459297107
श्री दीपक रोक्का, मो. +13453212961
श्री राजेन्द्र तिवारी, मो. +13453253658
श्री प्रकाश सुवेदी, मो. +13453215962
श्री गुञ्जमान गुरुङ, मो. +13459248110
विद्युतीयराहदानी नवीकरणका लागि:
राहदानी विभागको लिंक https://emrtds.nepalpassport.gov.np/ मा रहेको Passport Application Form मा गई अनिवार्य रुपमा रीतपूर्वक अनलाइन फाराम भरी त्यसको एकप्रति प्रिन्ट गरी आवश्यक कागजातका साथमा उपस्थित हुनुपर्नेछ ।
सक्कल नागरिकता र सोको प्रतिलिपी (यस अघि मेशिन रिडेवल राहदानी प्राप्त गरिसकेका आवेदकहरुको हकमा स्पष्ट बुझिने नेपाली नागरिकताको प्रमाणपत्र मात्र भए पनि पुग्ने) । विवाहित महिला आवेदकको हकमा विवाह दर्ता प्रमाणपत्र तथा नावालकको हकमा नावालक परिचय पत्र वा जन्म दर्ता प्रमाणपत्र तथा बुबा आमाको नेपाली नागरिकता प्रमाणपत्र, नेपाली राहदानी र विवाह दर्ता प्रमाणपत्र समेत आवश्यक पर्नेछ ।
सक्कल राहदानी र सोको प्रतिलिपी ।
शुल्क: राहदानी नवीकरणका लागि: £११०/-, हराएको राहदानी: £२२०/- र १० बर्ष भन्दा मुनिका नाबालकको हकमा £५५/- ।
विद्युतीय राहदानी फाराम भर्नु अघि यस राजदूतावासको https://uk.nepalembassy.gov.np/pages/passport/पेजमा गई विद्युतीय राहदानीको प्रि-इनरोलमेन्ट सम्बन्धी प्रक्रियाबारे जानकारी लिन सकिनेछ ।
राहदानी बाहेक अन्य कन्सुलर सेवा जरुरी भएका सेवाग्राहीहरुले समेत घुम्ती शिविरमा सम्पर्क गर्नुहुन अनुरोध छ । प्राविधिक रुपमा सम्भव भएसम्म नेपाली राजदूतावासबाट प्रवाह गरिने सबै प्रकारका कन्सुलर सेवाहरु उपलब्ध गराइने छ ।
नोटः
राहदानी तथा अन्य कन्सुलर सेवाहरु प्राप्त गर्न आवश्यक कागजात, शुल्क र प्रक्रियाबारे जानकारीको लागि राजदूतावासको वेबसाइट https://uk.nepalembassy.gov.np/services-list/मा गई हेर्न सकिनेछ ।
कन्सुलर सेवावापतको राजश्व पाउण्ड स्टर्लिङमा बैंक कार्डमार्फत भुक्तानी गर्नु पर्नेछ ।
राहदानी तयार भएपश्चात निवेदकलाई इमेलमार्फत जानकारी गराइने र सम्बन्धित आवेदकले कुनै कुरियर सेवा बुक गरेर सोको लेवल (label) सहितको जानकारी यस राजदूतावासको इमेल consular@nepembassy.org.uk मा गराउनु पर्नेछ ।
यस राजदूतावासबाट प्रदान गरिने कन्सुलर सेवा सम्बन्धमा कुनै जिज्ञासा भएमा राजदूतावासको इमेल consular@nepembassy.org.ukवा मोबाइल नं. +447404939274 मा सम्पर्क गर्न सकिन्छ ।