Notice Regarding the Embassy’s Mobile Consular Camp in the Cayman Islands
केमन आइल्याण्डमा देहायको मिति, समय र स्थानमा यस राजदूतावासद्वारा घुम्ती शिविरमार्फत राहदानी सेवा प्रदान गर्ने कार्यक्रम रहेको हुँदा३० अप्रिल २०२७ भित्र राहदानीको बहाल अवधि समाप्त हुनेहरुलेराहदानी नवीकरण गर्नशिविरमा उपस्थित भई लाभान्वित हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ ।
घुम्ती शिविर संचालन सम्बन्धी व्यहोरा:
मिति: १४ अप्रिल २०२६
समयः०९:०० – १७:०० सम्म
स्थानः Elmslie Memorial Church, 108A Seafarers Way, George Town
घुम्ती शिविरमा सक्कल राहदानी, सक्कल नागरिकता र सोको प्रतिलिपी (यस अघि मेशिन रिडेवल राहदानी (MRP) प्राप्त गरिसकेका आवेदकहरुको हकमा स्पष्ट बुझिने नेपाली नागरिकताको प्रमाणपत्र मात्र भए पनि पुग्ने),विवाहित महिला आवेदकको हकमा विवाह दर्ता प्रमाणपत्र तथा नावालकको हकमा नावालक परिचय पत्र, बुबा आमाको नेपाली नागरिकतातथा नेपाली राहदानीको प्रमाणपत्र र विवाह दर्ता प्रमाणपत्र समेत आवश्यक पर्नेछ ।
शुल्क: राहदानी नवीकरणका लागि: £११०/-, हराएको राहदानी: £२२०/- र १० बर्ष भन्दा मुनिका नाबालकको हकमा £५५/- ।
राहदानी बाहेक अन्य कन्सुलर सेवा जरुरी भएका सेवाग्राहीहरुले समेत घुम्ती शिविरमा सम्पर्क गर्नुहुन अनुरोध छ । प्राविधिक रुपमा सम्भव भएसम्म नेपाली राजदूतावासबाट प्रवाह गरिने सबै प्रकारका कन्सुलर सेवाहरु उपलब्ध गराइने छ ।
नोटः
राहदानी तथा अन्य कन्सुलर सेवाहरु प्राप्त गर्न आवश्यक कागजात, शुल्क र प्रक्रियाबारे जानकारीको लागि राजदूतावासको वेबसाइट https://uk.nepalembassy.gov.np/services-list/मा गई हेर्न सकिनेछ ।
कन्सुलर सेवावापतको राजश्व पाउण्ड स्टर्लिङमा बैंक कार्डमार्फत भुक्तानी गर्नु पर्नेछ ।
राहदानी तयार भएपश्चात निवेदकलाई इमेलमार्फत जानकारी गराइने र सम्बन्धित आवेदकले कुनै कुरियर सेवा बुक गरेर सोको लेवल (label) सहितको जानकारी यस राजदूतावासको इमेल consular@nepembassy.org.ukमा गराउनु पर्नेछ ।
यस राजदूतावासबाट प्रदान गरिने कन्सुलर सेवा सम्बन्धमा कुनै जिज्ञासा भएमा राजदूतावासको इमेलconsular@nepembassy.org.ukवा +4४७४०४९३९२७४(WhatsApp) मा सम्पर्क गर्न सकिन्छ ।