national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

Important Notice

A.D.:

Nepal Samvat: 1146 CHAULAGA SHASTHI - 21

Notice Regarding the Embassy’s Mobile Consular Camp in the Cayman Islands

केमन आइल्याण्डमा देहायको मितिसमय र स्थानमा यस राजदूतावासद्वारा घुम्ती शिविरमार्फत राहदानी सेवा प्रदान गर्ने कार्यक्रम रहेको हुँदा ३० अप्रिल २०२७ भित्र राहदानीको बहाल अवधि समाप्त हुनेहरुले राहदानी नवीकरण गर्न शिविरमा उपस्थित भई लाभान्वित हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ । 

घुम्ती शिविर संचालन सम्बन्धी व्यहोरा:

मिति: १४ अप्रिल २०२६ 

समयः    ०९:०० – १७:०० सम्म     

स्थानः   Elmslie Memorial Church, 108A Seafarers Way, George Town  

सम्पर्क व्यक्तिहरु:

श्री बादल श्रेष्ठमो. +13453291716

श्री राजु न्यौपानेमो. +13453224727

श्री दीपक रोकाहामो. +13453212961

श्री राजेन्द्र तिवारीमो. +13453253658

श्री प्रकाश सुवेदीमो. +13453215962

 

विद्युतीय राहदानी नवीकरणका लागि:

  • राहदानी आवेदनको लागि https://emrtds.nepalpassport.gov.np/ मा गई अनलाइन फाराम भरी डाउनलोड गर्नुपर्नेछ र त्यसको जानकारी यस दूतावासको ईमेल consular@nepembassy.org.uk मा आवेदनको नागरिकताको प्रतिलिपि र राहदानीको प्रतिलिपि सहित पठाउनु पर्नेछ।
  • घुम्ती शिविरमा सक्कल राहदानी, सक्कल नागरिकता र सोको प्रतिलिपी (यस अघि मेशिन रिडेवल राहदानी (MRP) प्राप्त गरिसकेका आवेदकहरुको हकमा स्पष्ट बुझिने नेपाली नागरिकताको प्रमाणपत्र मात्र भए पनि पुग्ने), विवाहित महिला आवेदकको हकमा विवाह दर्ता प्रमाणपत्र तथा नावालकको हकमा नावालक परिचय पत्र, बुबा आमाको नेपाली नागरिकता तथा नेपाली राहदानीको  प्रमाणपत्र र विवाह दर्ता प्रमाणपत्र समेत आवश्यक पर्नेछ ।
  • शुल्क:  राहदानी नवीकरणका लागि: £११०/-हराएको राहदानी: £२२०/- र १० बर्ष भन्दा मुनिका नाबालकको हकमा £५५/- ।
  • विद्युतीय राहदानी फाराम भर्नु अघि यस राजदूतावासको https://uk.nepalembassy.gov.np/pages/passport/ पेजमा गई विद्युतीय राहदानीको प्रि-इनरोलमेन्ट सम्बन्धी प्रक्रियाबारे जानकारी लिन सकिनेछ । 
  • राहदानी बाहेक अन्य कन्सुलर सेवा जरुरी भएका सेवाग्राहीहरुले समेत घुम्ती शिविरमा सम्पर्क गर्नुहुन अनुरोध छ । प्राविधिक रुपमा सम्भव भएसम्म नेपाली राजदूतावासबाट प्रवाह गरिने सबै प्रकारका कन्सुलर सेवाहरु उपलब्ध गराइने छ ।

नोटः

  • राहदानी तथा अन्य कन्सुलर सेवाहरु प्राप्त गर्न आवश्यक कागजातशुल्क र प्रक्रियाबारे जानकारीको लागि राजदूतावासको वेबसाइट
    https://uk.nepalembassy.gov.np/services-list/ मा गई हेर्न सकिनेछ ।
  • कन्सुलर सेवावापतको राजश्व पाउण्ड स्टर्लिङमा बैंक कार्डमार्फत भुक्तानी गर्नु पर्नेछ ।
  • राहदानी तयार भएपश्चात निवेदकलाई इमेलमार्फत जानकारी गराइने र सम्बन्धित आवेदकले कुनै कुरियर सेवा बुक गरेर सोको लेवल (label) सहितको जानकारी यस राजदूतावासको इमेल
    consular@nepembassy.org.uk मा गराउनु पर्नेछ ।
  • यस राजदूतावासबाट प्रदान गरिने कन्सुलर सेवा सम्बन्धमा कुनै जिज्ञासा भएमा राजदूतावासको इमेल consular@nepembassy.org.uk  वा +4४७४०४९३९२७४ (WhatsApp) मा सम्पर्क गर्न सकिन्छ ।

नेपाली राजदूतावासलण्डन
07 अप्रिल २०२६