स्कटल्याण्ड र प्रेस्टन मा सञ्चालन हुने राहदानी तथा कन्सुलर सेवा सम्बन्धी घुम्ती शिविरबारे जरुरी सूचना।
नेपाली राजदूतावास, लण्डनले गैर आवासीय नेपाली संघ, स्कटल्याण्ड र प्रेस्टनस्थित नेपाली समाज प्रेष्टनको समन्वयमा स्कटल्याण्डको क्षेत्रको लागि एडिनवर्ग र प्रेस्टन, म्यानचेष्टर, लिभरपुल, कार्लिस, तथा बोल्टन आसपासको क्षेत्रको लागि प्रेष्टनमा देहायको मिति, समय र स्थानमा राहदानी तथा कन्सुलर घुम्ती सेवा सञ्चालन गर्ने तयारी गरेकाले उक्त शिविरमा उपस्थित भई आफूलाई आवश्यक परेको सेवाबाट लाभान्वित हुन सबैमा हार्दिक अनुरोध छ।
प्रेस्टन, म्यानचेष्टर, लिभरपुल, कार्लिस, तथा बोल्टन आसपासको क्षेत्रको लागि:
मिति, समय र स्थान:
मिति: आईतबार, ३ मे २०२६
समयः दिउँसोको १ देखी ५ बजेसम्म
स्थान: : 42 Plungington Road, Preston, PR1 7RB
स्थानीय सम्पर्क: श्री हरिकृष्ण कार्की, सभापति, नेपाली समाज प्रेष्टन - ०७४०२४११४६६
स्कटल्याण्डको लागिः
मिति, समय र स्थान:
मिति: सोमबार, ४ मे २०२६
समयः दिउँसोको ११ देखी ४ बजेसम्म
स्थान: 11A Johns Place, James Church Hall, EH6 7EL
स्थानीय सम्पर्क:
- श्री शेरबहादुर के सी – 07446065506
- श्री सागर भण्डारी – 07455664555
- श्री काशिराम भण्डारी – 07877126767
- श्री माधव भण्डारी – 07853158556
- श्री पदम खरेल – 07878021112
- श्री हरि खत्री – 0777877539
घुम्ती सेवाबाट प्रदान हुने सेवाहरुः
क) राहदानी नवीकरण (मे २०२७ सम्म बहाल अवधि रहेकाहरुले नवीकरण गर्न सक्ने)
ख) अधिकृत वारेसनामा (Power of Attorney, राजदूतावासबाट पछि प्रमाणिकरण गरेर पठाउने गरी)
ग) कागजात प्रमाणिकरण (Attestation)
घ) एकतर्फी यात्रा अनुमतिपत्र (One way Travel Document)
ङ) पर्यटक भिषा (Tourist Visa)
- उल्लेखित सेवाहरु प्राप्त गर्न आवश्यक कागजात, शुल्क र प्रक्रियाबारे जानकारीको लागि यसैसाथ संलग्न कागजातहरु तथा यस राजदूतावासको वेबसाइट https://uk.nepalembassy.gov.np/ को होमपेजमा रहेको “Consular Services” मेनुमा गई हेर्नुहुन अनुरोध गरिन्छ ।
- राहदानी र अधिकृत वारेशनामा प्रमाणिकरण गरेपश्चात निवेदकको ठेगानामा पठाउन आवेदकले https://send.royalmail.com/ वा अन्य कुनै कुरियर सेवामार्फत राजदूतावासमा तयार रहेको आफ्नो राहदानी तथा कागजात पठाइदिन अनुरोध गर्न सकिनेछ र सो को जानकारी यथासमयमै यस राजदूतावासको ईमेल consular@nepembassy.org.uk मा गराउनु हुन समेत अनुरोध गरिन्छ ।
- कन्सुलर सेवा शिविरबाट उपलव्ध गराइने कुनै सेवाहरुको बारेमा कुनै जिज्ञासा भएमा यस राजदूतावासको इमेल consular@nepembassy.org.uk वा फोन +44-2072291594 वा ०७४०४९३९२७४ मा सम्पर्क गर्न सकिनेछ ।
घुम्ती कन्सुलर सेवा शिविरमा सेवा लिन आउँदा साथमा ल्याउनुपर्ने कागजातहरुः
विद्युतीय राहदानी नवीकरण :
- राहदानी विभागको लिंक https://emrtds.nepalpassport.gov.np/#services मा रहेको Passport Application Form मा गई रीतपूर्वक भरेको एक प्रति राहदानी फाराम ।
- सक्कल नागरिकता र सोको प्रतिलिपी (यस अघि मेशिन रिडेवल राहदानी प्राप्त गरिसकेका आवेदकहरुको हकमा स्पष्ट बुझिने नेपाली नागरिकताको प्रमाणपत्र मात्र भए पनि पुग्ने) । विवाहित महिला आवेदकको हकमा विवाह दर्ता प्रमाणपत्र तथा नावालकको हकमा नावालक परिचय पत्र वा जन्म दर्ता प्रमाणपत्र तथा बुबा आमाको नेपाली नागरिकता प्रमाणपत्र, नेपाली राहदानी र विवाह दर्ता प्रमाणपत्र समेत आवश्यक पर्नेछ ।
- सक्कल राहदानी र सोको प्रतिलिपी ।
- शुल्क:
३४ पृष्ठको लागि: £११०/-, हराएको राहदानी: £२२०/- र १० बर्ष भन्दा मुनिका नाबालकको हकमा £५५/-, बैक कार्डबाट भुक्तानी गर्न सकिने ।
अधिकृत वारेसनामा:
- सम्बन्धित आवेदक वा कानून व्यवसायीले नेपाली कागजमा तयार गरेको लिखत ।
- सम्बन्धित आवेदक वा कानून व्यवसायीले तयार गरेको नेपाली राजदूतलाई सम्बोधन गर्दै लेखेको निवेदन ।
- अधिकृत वारेसनामा दिनेको सक्कल नागरिकता र सो को प्रमाणित प्रतिलिपी ।
- अधिकृत वारेसनामा लिनेको सक्कल नागरिकता र सो को प्रमाणित प्रतिलिपी ।
- अधिकृत वारेसनामा दिने र लिने दुबैको हालसालै खिचिएको दुई/दुई प्रति फोटो ।
- स्थायी आवास अनुमतिपत्र वा Visa Status र सो को प्रतिलिपि ।
- गैर आवासीय नेपाली परिचयपत्रको सक्कल तथा सोको प्रतिलिपि (नेपाली मूलका विदेशी नागरिकको हकमा)
- जुन प्रयोजनका लागि अधिकृत वारेशनामा दिने हो सो सम्बन्धी सक्कल वा प्रमाणित कागजात, जस्तै- जग्गा बेचबिखनको हकमा लालपुर्जाको सक्कल, कर तिरेको रसिद वा सोको प्रमाणित प्रतिलिपी, सम्बन्ध विच्छेदका लागि विवाह दर्ताको सक्कल वा सो को प्रमाणित प्रतिलिपी ।
- शुल्क: £५/- (एकाघरको वारेश भएमा) अन्य वारेशको हकमा £३५/-, बैक कार्डबाट भुक्तानी गर्न सकिने ।
कागजात प्रमाणिकरण:
- रीतपूर्वक भरेको निवेदन ।
- प्रमाणित गर्ने कागजातको सक्कल र प्रतिलिपि ।
- नेपालको कुनै निकायबाट जारी भएको कागजात भए परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागबाट प्रमाणिकरण भएको कागजातको सक्कल र प्रतिलिपी ।
- सक्षम निकायबाट जारी भएको आफ्नो परिचय खुल्ने परिचयपत्र, जस्तै-नागरिकता, राहदानी आदि ।
- सवारी चालक अनुमतिपत्रको हकमा सम्बन्धित यातायात कार्यालयबाट जारी भएको verification letter
- शुल्क: £४०/-, बैक कार्डबाट भुक्तानी गर्न सकिने ।
एकतर्फी यात्रा अनुमतिपत्रः
- पुरानो राहदानी र सोको प्रतिलिपी ।
- नागरिकता प्रमाणपत्र र सोको प्रतिलिपी।
- रीतपूर्वक भरेको राहदानी फाराम ।
- यात्रा अनुमतिपत्रको लागि दूतावासलाई सम्बोधन गरेको निवेदन
- दुई प्रति फोटो (MRP size) ।
- शुल्क: £३५/- , बैक कार्डबाट भुक्तानी गर्न सकिने ।
पर्यटक भिषाः
- सेवाग्राहीले https://nepaliport.immigration.gov.np/onlinevisa-mission/application मा गई रीतपूर्वक फाराम भरी submit गरेपछि प्रिण्ट गरिएको confirmation page को hard copy वा Submission no. ।
- कम्तिमा ६ महिना भन्दा बढी अवधि बहाल रहेको राहदानी ।
- कम्तीमा २ वटा भिसा पानाहरु बाँकी रहेको राहदानी ।
- शुल्क: १५ दिने भिषाका लागि £२५, ३० दिने भिषाका लागि £४० र ९० दिने भिषाका लागि £१००), बैंक कार्डबाट भुक्तानी गर्न सकिने ।
नेपाली राजदूतावास, लण्डन
२१ अप्रिल २०२६