Swindon मा सञ्चालन हुने राहदानी तथा कन्सुलर सेवा सम्बन्धी घुम्ती शिविरबारे जरुरी सूचना।

null

Swindon मा सञ्चालन हुने राहदानी तथा कन्सुलर सेवा सम्बन्धी घुम्ती शिविरबारे जरुरी सूचना।

संयुक्त अधिराज्यमा नेपालीहरुको बाहुल्यता रहेको शहर Swindon लगायतका स्थानमा रहनुभएका विशेषतः ज्येष्ठ तथा अशक्त नेपाली नागरिकहरुलाई पाएक पर्ने गरी देहायको मिति, समय स्थानमा यस राजदूतावासद्वारा घुम्ती शिविरमार्फत राहदानी नवीकरण, पर्यटक भिसा, वारेशनामा लगायतको कन्सुलर सेवा प्रदान गर्ने कार्यक्रम रहेको हुँदा उक्त शिविरमा उपस्थित भई लाभान्वित हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ

घुम्ती शिविर संचालन सम्बन्धी विस्तृत व्यहोरा:

मिति: आइतबार, २८ जुन २०२६
समय: विहान १० बजे देखि दिउंसोको बजेसम्म
स्थान:  Buckhurst Community Centre, Swindon, SN 3 3BS

घुम्ती सेवाको सम्बन्धमा थप जानकारी आवश्यक परेमा स्थानीय सम्पर्क व्यक्तिहरुः

  • Gyan Bahadur Gurung, Mobile No: +44 7552 217435

विद्युतीय राहदानी नवीकरणका लागि:

  • राहदानी विभागको लिंक https://emrtds.nepalpassport.gov.np/#services मा रहेको Passport Application Form मा गई अनिवार्य रुपमा रीतपूर्वक अनलाइन फाराम भरी त्यसको एकप्रति प्रिन्ट गरी आवश्यक कागजातका साथमा उपस्थित हुनुपर्नेछ  
  • सक्कल नागरिकता सोको प्रतिलिपी (यस अघि मेशिन रिडेवल राहदानी प्राप्त गरिसकेका आवेदकहरुको हकमा स्पष्ट बुझिने नेपाली नागरिकताको प्रमाणपत्र मात्र भए पनि पुग्ने) विवाहित महिला आवेदकको हकमा विवाह दर्ता प्रमाणपत्र तथा नावालकको हकमा नावालक परिचय पत्र , बुबा आमाको नेपाली नागरिकता प्रमाणपत्र, नेपाली राहदानी विवाह दर्ता प्रमाणपत्र समेत आवश्यक पर्नेछ
  • सक्कल राहदानी सोको प्रतिलिपी
  • शुल्क:  राहदानी नवीकरणका लागि: £११०/-, हराएको राहदानी: £२२०/- १० बर्ष भन्दा मुनिका नाबालकको हकमा £५५/-
  • विद्युतीय राहदानी फाराम भर्नु अघि यस राजदूतावासको https://uk.nepalembassy.gov.np/passport/  पेजमा गई विद्युतीय राहदानीको प्रि-इनरोलमेन्ट सम्बन्धी प्रक्रि याबारे जानकारी लिन सकिनेछ

अधिकृत वारेसनामा:

  • सम्बन्धित आवेदक वा कानून व्यवसायीले नेपाली कागजमा तयार गरेको लिखत
  • सम्बन्धित आवेदक वा कानून व्यवसायीले तयार गरेको नेपाली राजदूतलाई सम्बोधन गर्दै लेखेको निवेदन
  • अधिकृत वारेसनामा दिनेको सक्कल नागरिकता सो को प्रमाणित प्रतिलिपी
  • अधिकृत वारेसनामा लिनेको सक्कल नागरिकता सो को प्रमाणित प्रतिलिपी
  • अधिकृत वारेसनामा दिने लिने दुबैको हालसालै खिचिएको दुई/दुई प्रति फोटो
  • स्थायी आवास अनुमतिपत्र वा Visa Status सो को प्रतिलिपि
  • गैर आवासीय नेपाली परिचयपत्रको सक्कल तथा सोको प्रतिलिपि (नेपाली मूलका विदेशी नागरिकको हकमा)
  • जुन प्रयोजनका लागि अधिकृत वारेशनामा दिने हो सो सम्बन्धी सक्कल वा प्रमाणित कागजात, जस्तै- जग्गा बेचबिखनको हकमा लालपुर्जाको सक्कल, कर तिरेको रसिद वा सोको प्रमाणित प्रतिलिपी, सम्बन्ध विच्छेदका लागि विवाह दर्ताको सक्कल वा सो को प्रमाणित प्रतिलिपी  
  • शुल्क: £/- (एकाघरको वारेश भएमा) अन्य वारेशको हकमा £३५/-, बैक कार्डबाट भुक्तानी गर्न सकिने

कागजात प्रमाणिकरण:

  • रीतपूर्वक भरेको निवेदन
  • प्रमाणित गर्ने कागजातको सक्कल प्रतिलिपि
  • नेपालको कुनै निकायबाट जारी भएको कागजात भए परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागबाट प्रमाणिकरण भएको कागजातको सक्कल प्रतिलिपी
  • सक्षम निकायबाट जारी भएको आफ्नो परिचय खुल्ने परिचयपत्र, जस्तै-नागरिकता, राहदानी आदि
  • सवारी चालक अनुमतिपत्रको हकमा सम्बन्धित यातायात कार्यालयबाट जारी भएको verification letter
  • शुल्क: £४०/-, बैक कार्डबाट भुक्तानी गर्न सकिने

एकतर्फी यात्रा अनुमतिपत्रः

  • पुरानो राहदानी सोको प्रतिलिपी
  • नागरिकता प्रमाणपत्र सोको प्रतिलिपी।
  • रीतपूर्वक भरेको राहदानी फाराम
  • यात्रा अनुमतिपत्रको लागि दूतावासलाई सम्बोधन गरेको निवेदन
  • दुई प्रति फोटो (MRP size)
  • शुल्क: £३५/- , बैक कार्डबाट भुक्तानी गर्न सकिने

पर्यटक भिषाः

  • सेवाग्राहीले https://nepaliport.immigration.gov.np/onlinevisa-mission/application मा गई रीतपूर्वक फाराम भरी submit गरेपछि प्रिण्ट गरिएको confirmation page को hard copy वा Submission no.
  • कम्तिमा महिना भन्दा बढी अवधि बहाल रहेको राहदानी
  • कम्तीमा वटा भिसा पानाहरु बाँकी रहेको राहदानी
  • शुल्क: १५ दिने भिषाका लागि £२५, ३० दिने भिषाका लागि £४० ९० दिने भिषाका लागि £१००), बैंक कार्डबाट भुक्तानी गर्न सकिने

नोटः

  • राहदानी तथा अन्य कन्सुलर सेवाहरु प्राप्त गर्न आवश्यक कागजात, शुल्क प्रक्रियाबारे जानकारीको लागि राजदूतावासको वेबसाइट  https://uk.nepalembassy.gov.np/ को होमपेजमा रहेको “Consular Services” मेनुमा गई हेर्न सकिनेछ
  • कन्सुलर सेवावापतको राजश्व पाउण्ड स्टर्लिङमा बैंक कार्डमार्फत भुक्तानी गर्नु पर्नेछ
  • राहदानी तयार भएपश्चात निवेदकलाई इमेलमार्फत जानकारी गराइने सम्बन्धित आवेदकले कुनै कुरियर सेवा बुक गरेर सोको लेवल (label) सहितको जानकारी यस राजदूतावासको इमेल  consular@nepembassy.org.uk मा पठाउनु पर्नेछ

यस राजदूतावासबाट प्रदान गरिने कन्सुलर सेवा सम्बन्धमा कुनै जिज्ञासा भएमा राजदूतावासको इमेल consular@nepembassy.org.uk वा मोबाइल नं. +44-०७४०४९३९२७४ मा सम्पर्क गर्न सकिन्छ

Embassy of Nepal, London
नेपाली राजदूतावासलण्डन
१० जुन २०२६